मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खानपिन समारोहमा सहभागी भइएला । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मध्यम खालको दिनछ ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान प्रतिष्ठामा बृद्धि होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्ध कसिलो हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मिक सन्तुस्टि मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । लाभदायक यात्रा रहाला ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ अलंकारको प्राप्ति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा सहजता मिल्नेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल