• खगेन्द्र कार्की

सप्तरी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा प्रथम मेयर कप फुटबल प्रतियोगिता बिहिवार देखि शुरु भएको छ। सप्तकोसी नगरपालिका र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सहकायृमा अन्तर नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता बिहिवार एक कार्यक्रमका बिच प्रमुख अतिथि समाजसेवी तथा जेष्ठ नगरिक मुरारी कार्कीले उद्घाटन गरेका छन। सात दिनसम्म सन्चालन हुने प्रतियोगितामा उदयपुर, सप्तरी,सिराहा, धनुषा,मोरङ र सुन्सरी गरि आठवटा टिमहरुले सहभागिता जनाएका छन। प्रतियोगिताका बिजेता उपबिजेता टिमलाई क्रमश नगद रु एक लाख ,पचास हजार शिल्ड प्रमाणपत्र र मेडल बितरण गरिने न्यू त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अ्मर खबासले जानकारी दिए। बैशाख २७ गते देखि संचालित प्रतियोगिताको फाइनल खेल जेष्ठ ३ गते हुने भएको छ। आज भएको प्रतियोगिता को उद्घाटन खेलमा पेनाल्टी सुट आउटको आधारमा इटहरीले बिराटनगरलाई ५÷४ को अन्तरले हराउँदै क्वाटर फाइनल मा प्रवेश गरेको छ। भोलिको खेल धनुषा नगरपालिका र गाइघाट उदयपुर बिच हुने भएको छ।