धरान / धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी सञ्चालनमा ल्याएको छ । लामो समय प्रतिष्ठानको हाताभित्र फारर्मेसी नहुंदा विरामीहरुले औषधि खरिद गर्न गेट वाहिर जानुपर्दा निक्कै सास्ती भोग्दै आएका थिए । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाहले संयुक्तरुपमा पुजा गरी रिविन काटेर फार्मेसीको उद्घाटन गरेका छन् ।
अस्पताल निर्देशक शाहले फार्मेसी प्रतिष्ठानका पदाधिकारी, शिक्षक, कर्मचारी सबैको सम्पति भएकाले यसको प्रभावकारी सञ्चालनमा सबैले सकरात्मक सहयोग गर्नुपर्ने बताए । उनले विरामीहरुको सुविधालाई ध्यानमा राखेर छिट्टै आकस्मिक कक्षको परिसरमा पनि फार्मेसी सञ्चालन गरिने बताउंदै प्रतिष्ठान आफैले फार्मेसी सञ्चालन गर्नु ठूलो उपलब्धि भएको समेत बताए ।