वि.सं. २०७४ साल मंसिर २१ गते। बिहीबार। इश्वी सन् २०१७ डिसेम्बर ७ तारिख। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, १२:५७ बजेउप्रान्त पञ्चमी।

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजननितक कार्यमा बाधा आउनेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कूतनीतिक नियोगको सहयोग मिल्ला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्यमा सफलता पाईनेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । सन्तान सुख मिल्नेछ ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मनलाग्नेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेकोे र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । - ज्यो.प. नारायणप्रसाद दुलाल