धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनस्र्थापना केन्द्रलाई सरकारले बजेट विनियोजन नगर्दा माओवादीको सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरूको उपचार प्रभावित बनेको छ ।
द्वन्द्वका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरू अभैm पनि उपचारको अभावमा पीडादायी जीवन बाँच्न बाध्य बनिरहेका छन् । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–१ को कुइभीरकी पूर्व छापामार अनुपा राई शरीरमा गोलीको छर्रा बोकेर हिँडिरहेकी छन् । उनले उपचारका लागि सहयोगको याचना गरिरहेकी छन् । उनीहरूकै उपचारका लागि बनेका यस्ता केन्द्रहरू सञ्चालन नहुँदा पीडितहरूले राहत पाउन सकेका छैनन् । अनुपाजस्ता द्वन्द्वपीडितहरूको उपचारमा सहयोग पु¥याउन सरकारले एक करोड रुपैयाँको लागतमा प्रतिष्ठान हातामा २०७२ सालमा स्थापना गरेको केन्द्रलाई पछिल्लो समय बजेट विनियोजन नगर्दा घाइतेहरू प्रभावित बनेका छन् ।
प्रतिष्ठानका प्रवक्ता तथा हाडजोर्नी विभागका प्रमुख डा पशुपति चौधरीले सरकारले बजेट विनियोजन नगरेको जनाए । ‘सरकारले बजेट नै दिएको छैन ।’ उनले भेटमा भने । बजेट अभावमा द्वन्द्वपीडितहरूको उपचारमा समस्या भएको उनको भनाइ छ । प्रतिष्ठानलाई गत माघ २६ गते सरकारले केन्द्रका उपकरण तथा सामग्रीहरू हस्तान्तरण गरेको थियो । पूर्वाञ्चलका द्वन्द्वपीडितहरूलाई सेवा दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । प्रतिष्ठानलाई केन्द्र हस्तान्तरणपछि हालसम्म बजेट विनियोजन नगरिएको प्रतिष्ठानले जनाएको छ । यसले गर्दा प्रतिष्ठानले द्वन्द्वपीडितहरूलाई सशुल्क सेवा प्रदान गरिरहेको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले करोडौँ रुपैयाँका उपकरण तथा अन्य सामग्री राखेर सेवा प्रवाह गरिरहेको थियो । २०७२ सालमा निर्मित भवनबाट एक हजार ४०२ द्वन्द्वपीडितहरूले सेवा लिएका छन् । तत्कालीन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले रकम विनियोजन गरेको थियो । यसअन्तर्गत ११ सय द्वन्द्वपीडितहरूको उपचार गर्ने लक्ष्य लिइएको थियो । लक्ष्यभन्दा बढीलाई उपचार गर्न सफल भएको हाडजोर्नी विभागका तत्कालीन प्रमुख तथा हाल शिक्षाध्यक्ष प्राडा गुरु खनालले बताए ।
सरकारले द्वन्द्वपीडितहरूलाई लक्षित गर्दै पुनस्र्थापना केन्द्र निर्माण गर्ने लक्ष्य २०६६÷०६७ मा लिएको थियो । यसअनुरूप नै शान्तिकोषमार्पmत् आएको रकमले भवन निर्माण भएको थियो । प्रतिष्ठानलाई केन्द्र सञ्चालनको जिम्मा दिइए पनि अहिले निःशुल्क उपचार हुन नसक्दा कतिपय द्वन्द्वपीडितहरू फर्किने गरेको केन्द्रमा कार्यरत कर्मचारी शुभनारायण राजधामी बताउँछन् । उनी भन्छन्, ‘सोध्न चाहिँ आएका आएकै छन् । कहिलेदेखि फेरि शुरु हुन्छ भनेर भन्छन् ।’ उनका अनुसार पहाडी क्षेत्र तथा सप्तरीलगायतबाट द्वन्द्वपीडितहरू सोध्न आउने गरेका छन् ।
उनले उपचार नपाउँदा अहिले समस्या भएको बताए । ‘मेरो विचारमा समस्या नै छ । पाइराखेको सुविधा नपाउँदा गाह्रो हुन्छ ।’ घाइते तथा अङ्गभङ्ग द्वन्द्वपीडितले निःशुल्क रूपमा सबैजसो उपचार पाउने गरेका थिए । अहिले एउटा कृत्रिम खुट्टा बनाउनु पर्दा न्यूनतम ३० हजारदेखि अधिकतम डेढ लाख रूपैयाँसम्म खर्च लाग्ने गरेको राजधामीको भनाइ छ ।
बसको ठक्करबाट दायाँ खुट्टा गुमाएका झापाको सुरुङ्गा नगरपालिका–३ का गोपाल विष्टले कृत्रिम खुट्टा बनाउँदा ४५ हजार रूपैयाँ तिरेको बताए । यहाँ निर्मित खुट्टाहरू भरपर्दो र सहज भएकाले आपूm यहाँ आइपुगेको उनको भनाइ छ । उपचारको क्रममा ठीक भएपछि कृत्रिम खुट्टा हाल्न अस्पतालले नै प्रतिष्ठानमा रेफर गरेको उनले सुनाए । अहिले पनि प्रतिष्ठानमा कृत्रिम खुट्टाका लागि दैनिक ८–१० जनाभन्दा बढी सेवा लिन आउने गरेका छन् । पछिल्ला दुई वर्षमा मात्रै ४० वटा कृत्रिम खुट्टा निर्माण गरिसकेको कर्मचारी राजधामीले जनाए । ब्लाष्ट दैनिकबाट