X

मिनी ओलम्पिक विजेता र लोकनृत्यको विजेतालाई डिपो स्कुलको सम्मान

  • चैत २१, २०७४
  • ४५७ पटक पढिएको
457 Shares

धरान /डिपो स्कुलले आफ्नो विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको प्रथम मेयर स्कुल ओलम्पिक विजेता बनेका विद्यार्थी, उनीहरुलाई प्रशिक्षण प्रदान गर्नेलाई सम्मान गरेको हो ।

६ जना प्रशिक्षक, ७२ जना खेलाडी र ६ जना विद्यालयका कर्मचारीहरुलाई सम्मान स्वरुप टिसर्ट प्रदान गरिएको थियो । साथै धरान उपमहानगरपालिका प्राज्ञ प्रतिष्ठानद्वारा आयोजित खुल्ला लोकनृत्य प्रतियोगिता विजेता डिपोकै ११ जना कलाकारहरुलाई पनि विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा विशेष सम्मानस्वरुप ६ जना प्रशिक्षकहरुलाई ‘प्रथम मेयर कप च्याम्पिय डिपोट’ लेखिएको टिसर्ट र एक थान ट्रयाकसुट प्रदान गरेको छ । सम्मानित हुने प्रशिक्षकहरुमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, मार्सलआर्ट प्रशिक्षक रवि राई, भलिवल प्रशिक्षक उमेश ताम्राकार, फुटबल प्रशिक्षक सागर घिमिरे, टेवलटेनिस प्रशिक्षक गणेश तामाङ र नृत्य प्रशिक्षक दिवस श्रेष्ठ रहेका छन् ।
माघ २९ गते देखि फागुन ७ गतेसम्म सम्पन्न मेयर स्कुल ओलम्पिकमा डिपोले ७ वटा गोल्ड १० सिल्भर र ८ वटा ब्रोन्ज मेडल जितेर ओलम्पिक च्याम्पियन भएको थियो । ओलम्पिक विजेता डिपो स्कुलले नगद एक लाख रुपैयाँ सहित ट्रफी र खेलाडीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै लोकनृत्य विजेताले ट्रफी र ६० हजार रुपैयाँ नगद प्राप्त गरेका थिए । १० खेलहरुमा प्रतिस्पर्धा गराइएको ओलम्पिकमा डिपोले बास्केटवल, भलिवल, कराते, टेवलटेनिस, एथ्लेटिक्स, व्याडमिन्टन र तेक्वान्दोमा भाग लिएका थिए । सम्मानित हुने खेलाडी तथा प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान १८ वडाध्यक्ष प्रविण राई, विशेष अतिथि नगर खेलकुद विकास समिति धरानका अध्यक्ष सुवास राई, कार्यक्रमका सभाध्यक्ष डिपो क्याम्पस प्रमुख राजकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा