वि.सं. २०७४ साल मंसिर १९ गते। मंगलबार। इश्वी सन् २०१७ डिसेम्बर ५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वितीया, १७:३५ बजेउप्रान्त तृतीया। नक्षत्र– मृगशिरा, ६:५७ बजेदेखि आर्द्रा, २९:१७ बजेउप्रान्त पुनर्वशु। योग– शुभ, २४:५९ बजेउप्रान्त शुक्ल। करण– तैतिल, ६:४६ बजेदेखि गर, १७:३५ बजेपछि वणिज, २८:२४ बजेउप्रान्त भद्रा। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ०३ पला।

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहला । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजननितक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा बाधा आउनेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल