वि.सं. २०७४ साल चैत २१ गते। बुधबार। इश्वी सन् २०१८ अप्रिल ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– चतुर्थी, १८:१५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– विशाखा, ८:२० बजेउप्रान्त अनुराधा। योग– सिद्धि, २६:०० बजेउप्रान्त व्यतीपात। करण– वालव, १८:१५ बजेदेखि कौलव, ३०:५१ बजेउप्रान्त कौलव। आनन्दादिमा धाता योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी ११ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । खर्चको मात्रा बढ्नेछ । सम्पत्तीको क्षय हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निरासा र शरीरमा आलस्य आउनृछ । चुनौतीको सामना गर्नु पर्ला । सहकर्मी बाट विरोध आउला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अकस्मात धन-सम्पत्ति हात पर्नेछ | कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक धन खर्च हुनेछ । कार्य सम्पादनमा समस्या आउला । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमीको सहयोग पाईनेछ । पार्टी पिकनिकमा सहभागी भईएला । जोश जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगले कार्य क्षेत्रमा प्रगती हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी होला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धनलाभ हुनेछ । नयाँ कामको थालनी होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । धन प्राप्त हुने योग छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बित्तिय संस्था बाट सहयोग पाईनेछ । राजनीति कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल