वि.सं. २०७४ साल चैत ३ गते। शनिबार। इश्वी सन् २०१८ मार्च १७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– औंसी, १८:३३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– पूर्वभाद्रपदा, १९:४५ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– शुभ, २०:४७ बजेउप्रान्त शुक्ल। करण– चतुष्पद, ६:२० बजेदेखि नाग, १८:३३ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा काल योग। चन्द्रराशि– कुम्भ, १३:३१ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:१४ बजे, सूर्यास्त– १८:१३ बजे र दिनमान २९ घडी ५७ पला। पञ्चक। दर्शश्राद्ध। घोडे जात्रा। हलो तथा निशि बार्ने औंसी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मुद्धा मामिलामा सफलता पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अचल सम्पत्ती हात पर्ने योगछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने सम्भावना छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोजगारको अवसर मिलनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो विचार विपरित निर्णय हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको प्रभाव वढ्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासा र शरीरमा आलस्य आउनेछ । पैतृकसम्पत्तिमा विवाद आउला । सोचे भन्दा धेरै खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेकोे र ताकेको कार्य पुरा होला । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।