धरान । धरान–१६ स्थित युएन नवोदय कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्ट संकायका विद्यार्थीहरूलाई आइतबार बधाई दिदै सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

कलेजले सफल विद्यार्थीहरूको उच्च शिक्षा, व्यावसायिक विकास तथा जीवन यात्रामा निरन्तर सफलता प्राप्त होस् भन्ने कामना गर्दै आगामी अध्ययनका लागि समेत शुभेच्छा व्यक्त गरेको जनाएको छ।

कलेजका प्रवन्ध निर्देशक ज्ञानेन्द्र झा, हाेटल मेनेजमेन्ट काेर्डिनेटर गगनमान श्रेष्ठ तथा अन्य विभागिय प्रमुखहरू लगायतकाे उपस्थितिमा कार्यक्रम आयाेजना भएकाे  कलेजका जनसम्पर्क प्रमुख राम लिम्बुले जानकारी दिनु भयाे ।

यसअघि कलेजले होटल म्यानेजमेन्ट संकायका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई यश अघि नै बधाई तथा शुभकामना प्रदान गरिसकेको छ । 

कलेज प्रशासनले विद्यार्थीहरूको सफलतामा अभिभावक, शिक्षक तथा सम्पूर्ण शैक्षिक परिवारको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहने जनाएको छ।