वि.सं. २०७४ साल फागुन २९ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च १३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– एकादशी, १३:३४ बजेउप्रान्त द्वादशी। नक्षत्र– उत्तराषाढा, १२:३६ बजेउप्रान्त श्रवण। योग– परिघ, २१:३३ बजेउप्रान्त शिव। करण– वालव, १३:३४ बजेदेखि कौलव, २६:३२ बजेउप्रान्त तैतिल। आनन्दादिमा मानस योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ४१ पला। पापमोचनी एकादशी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । प्रेमी/प्रेमिका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्रा नहोला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । खर्चिलो यात्रा हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । मनमा चञ्चलता बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । पार्टनरमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । - ज्यो.प. नारायण प्रसाद दुलाल