वि.सं. २०७४ साल मंसिर १६ गते। शनिबार। इश्वी सन् २०१७ डिसेम्बर २ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:२० बजेउप्रान्त पूर्णिमा। नक्षत्र– भरणी, ११:२४ बजेउप्रान्त कृत्तिका। योग– परिघ, १२:५६ बजेउप्रान्त शिव। करण– गर, १३:१८ बजेदेखि वणिज, २४:२० बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मेष, १७:०६ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०८ पला। काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध।

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा सफलता पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र हिम्मत वढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्दव्यापारबाट राम्रै आय हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । पार्टनरमा सफलता मिल्नेछ । धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) घर परिवारमा झै–झमेलाको अवस्था आउला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामान हराउन सक्नेछ ।आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्यमा रुची बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला । पराक्रम वढ्नेछ । बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चोटपटकको भयछ सचेत रहनुहोला । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा पनि धन खर्च हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल