वि.सं. २०७४ साल मंसिर १५ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर १ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– त्रयोदशी, २६:१३ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– अश्विनी, १२:२६ बजेउप्रान्त भरणी। योग– वरियान्, १५:३४ बजेउप्रान्त परिघ। करण– कौलव, १५:०२ बजेदेखि तैतिल, २६:१३ बजेउप्रान्त गर। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी १० पला। सर्वार्थसिद्धि योग १२:२६ बजेसम्म। प्रदोष व्रत।

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्दव्यापारमा सोचेजस्तो लाभ हुँदैन । चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) यश, सम्मान र प्रतिष्ठामा बढावा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । राजननितक कार्यमा बाधा आउनेछ । चुनौतीको सामना गर्नुपर्ला ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । राजननितक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । कष्टकर यात्रा गर्नुपर्ला ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामको दायित्व थपिने सम्भावना छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरूको मन लोभ्याउन सकिनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । पदोन्नतीको सम्भावना छ । - ज्यो.प. नारायणप्रसाद दुलाल