धरान /  बराह बचत तथा ऋण सहकारीले बचतकर्ताहरुको बचत अपचलन गरे पछि प्रहरीले संलग्न संचालक, कर्मचारी र उनीहरुका आफन्तलाई पक्राउ गर्न थालेको छ ।   जिल्ला प्रहरी कार्यालय सुनसरीले सहकारीको रकम अपचलन गर्ने ९ जनालाई गरेको छ । 

प्रहरीले बराहका लेखापाल अपना श्रेष्ठ, लेखा सुपरीक्षण समिति स‌याेजक  सुदिन विक, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, संचालक सदस्यहरु शेरबहादुर महत क्षेत्री, सरिता कालीकोटे, रवी पोर्तेल, विष्णुमाया ताम्रकार, जतनमाया विश्वकर्मालगायतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । 

शनिवारदेखि प्रहरीले गोप्य रुपमा अपरेसन चलाइरहेको छ । आइतबार प्रहरीले धरान–८ स्थित धनकुटे रोडमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थामा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, वडा अध्यक्ष र सहकारी पिडितको रोहवरमा ताला लगाएर कार्यालय सिलसमेत गरेको छ । 

जिल्ला अदालत सुनसरीबाट २९ जनाको नाममा  पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  मुख्य संचालकहरु मानबहादुर विश्वकर्मा, गंगा कालिकोटे, शुभराज खातीलगायतका व्यक्ति भने फरार भएका छन् ।  शनिवार पक्राउ पूर्जी जारी भएको सूचना चुहिए पछि उनीहरु फरार भएको बताइएको छ ।

जिल्लामा भएका सहकारीबाट ठगीएकाहरुलाई जिल्ला प्रहरी कार्यालय   सुनसरीमा उजुरी दिन आव्हान गरेको छ । प्रहरीले पुस १३ गते नै शंकर थापा क्षेत्रीको जाहेरीमा नेपाल सरकार बादी भएको मानबहादुर विश्वकर्मासहितका प्रतिवादी भएको सहकारी ठगीको मुद्दामा पीडित भएकाहरु जारी दरखास्त दिन अनुरोध गरेको छ । प्रहरीले सूचना नै जारी गरि जाहेरी आवहान गरेको हो । आवश्यक सम्पर्क र समन्वयका लागि प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिना र सहप्रवक्ता  इन्स्पेक्टर दिनेश अधिकारीलाई तोकिएको छ ।

धरानको बराह सहकारीले बचतकर्ताको करिव ९ अर्व रकम अनियमिता गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सदस्य प्रदिप बासतोलाले जानकारी दिनुभएको छ । हालसम्म ९० जनाले प्रहरीमा उजुरी दिइसकेको र अव ८ हजार बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरेको बाँस्तोलाले जानकारी दिएका छन् । उहाँका अनुसार अनुसार बराह संचालक, उनीहरुका आफन्त, पूर्व कर्मचारी, संचालकलगायत गरि करिव ३५ जनाको बचत दुरुपयोगमा संलग्नता देखिएको पीडितले दावी गरेका छन् । 

baraha sahakari (2)