- रोमा छेत्री
औ, राखौं न हामी एक अँगालोभरिको यी सुन्दर प्रकृतिलाई आउने हाम्रो पिँढ़ीको निम्ति ! प्रतिदिन मासिँदै गरेको यी वृक्ष, खरेड़ी पर्दै गरेका यी नदी, क्षत् विक्षत् हुँदै गरेको यो सुन्दर पहाड। नत्र क्रमशः एक दिन यी सबै नै कालको आँचलमा पस्नेछ । ..................... सक्दैनौ प्रिये ?...... उफ्! कति भयावह दृश्य हुनेछ कृत्रितामा बाँचेका हामी, आडम्बरको अनुसरणमा ढल्केको तिमी, यो सौहार्द, यो सुबास, यो प्रेम सबै नै मासिनेछ अनि..…......., प्रलयसाथ देख्नेछौं हामीभित्र डरको ज्वाला दन्केको । ................. हो... त्यतिखेर पाउँनेछौ अविरल आँसु मात्र आँसु । अनि, गोहार्नेछौ यही प्रकृतिलाई । हम्म प्रकृति.….......? खोइ ? तब उ...तिमीले नै दिएको त्यो खरानीबाट पुनः ब्यूँझेर एक ठूलो अट्टहास गर्नेछ तिम्रो लाचारीपनको । अनि गर्नेछ स्वागत तिमीले दिएको श्मशानघाटमा। त्यसैले लु आउन, राखौं न हामी एक अँगालोभरिको यी सुन्दर प्रकृतिलाई आउने हाम्रो पिँढ़ीको निम्ति! आउने पिँढ़ीको निम्ति !
वैरातीसाल जोत, न्यू रङ्गिया, सिलगढ़ी (भारत)