• रोमा छेत्री

नजरै नजरको खेल भयो

बस एक नजरको मेल भयो।

...........................

नबोले नि ओँठहरू बोल्न खोज्छन्

तिम्रा रसिला जिज्ञासु आँखाहरू

नहाँसे नि मुहार हाँस्न खोज्छन्

तिम्रा तृषित मुस्कानहरू

यस्तै के के कुराहरूमा।

समयको परिवर्त्तनमा अल्झेको जिन्दगी

घाम छाया, हाँसो रोदन।

नजरै नजरको खेल भयो

बस एक नजरको मेल भयो।

....................................

शान्त वातावरण सुनसान सड़क

टाड़िँदै गए पनि फर्केर हेर्ने

हात हल्लाउने चाहनामा खड़ेरी परे पनि

नजरै नजरको खेल भयो

बस एक नजरको मेल भयो।

उफ१ फगत एक नजर

बस एक नजर ।

बैरातीशाल जोत, न्यू रङ्गिया, सिलिगुड़ी (भारत)