- रोमा छेत्री
बाहिर बादल रुन्छ
भित्र मन मेरो पोल्छ
वर्षाको प्रत्येक थोपा थोपा
मानौं, फेरि कुनै नयाँ कहानी दोहोऱ्याउँछ़ ।
धरती भिज्यो, पात रुझ्यो
तर मेरो झुपड़ी सुक्खै रह्यो ।
....................................................................................
वर्षाले भिज्दा हर कोही
कवि बन्छन्,
किनभने,
प्रत्येक थोपा(थोपाले
मानौं, कुनै नयाँ कहानी दोहोऱ्याउँछ ।
.............................................................................................
आफैमा बेरङ भएर पनि फेरि किन
यसले इन्द्रेणी बनाउँछ
थोपा थोपा झरेर
गर्मी उदाङ्गो पारी फेरि
किन सुक्खा पारेर जान्छ
धरती भिज्यो, पात रुझ्यो
तर मेरो झुपड़ी सुक्खै रह्यो ।
बैरातीशाल जोत, न्यू रङ्गिया, सिलिगुड़ी (भारत)