धरान । महिला एकता मञ्च नेपालको आयोजनामा सञ्चालित २२ दिने जडीबुटीको माला तथा नरिवल–सुपारी सजावट तालिम सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रममा महिला एकता मञ्चकी अध्यक्ष दिभा श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघा सहभागी हुनुभएको थियो। साथै धरान उपमहानगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख अरन्त राईको पनि उपस्थिति रहेको थियो।
त्यसैगरी धरान वडा नं. ५ का अध्यक्ष मनकुमार राई तथा वडा नं. ८ का अध्यक्ष धनबहादुर लिम्बूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
धरान–५ र धरान–८ मा सञ्चालन गरिएको उक्त तालिममा ९८ जना सहभागीहरूले सफलतापूर्वक प्रशिक्षण पूरा गरेका थिए। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा प्रशिक्षक जुली ताम्राकारले २२ दिनसम्म प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बरगाछी महिला समूहकी अध्यक्ष उषा जंग क्षेत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोशी प्रदेश सरकारको सहयोग, धरान उपमहानगरपालिकाको सहकार्य तालिमकाे आयाेजना गरिएकाे हाे ।
समापन कार्यक्रममा तालिमका क्रममा तयार पारिएका सामग्रीहरूको प्रदर्शनसमेत गरिएको थियो। आयोजकका अनुसार महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।



















