सृष्टिकी अनुपम सुन्दर नारी तिमी

तिमीबिना यो संसार अँध्यारो छ

निःशब्द छ।

सत्य हौ तिमी

शाश्वत तिमी

ममता, प्रेम त्याग र बलिदान देवी तिमी

तरै पनि

विलुप्त  भइरहेछौ आज तिमी।

कारण,

त्यही त हो

तिम्रो धैर्यलाई दानवहरूले

तिम्रो शक्तिलाई

तिम्रो कमजोरी ठान्छन् 

तिमीलाई अबला र कठपुतली ठान्छन्

तर।।।

तर।।।ती महान् नारी तिमी

तिमी सृष्टिकर्ता

तिम्रो अस्तित्वलाई बचाउँने

तिम्रो अस्मितालाई सुरक्षित गर्ने

प्रयास गर्नुपर्छ तिमीले 

ए नारी

सृष्टिको अनुपम सुन्दरी हौ तिमी

तिमीबिना यो संसार सङ्कीर्ण छ

निःशब्द एउटा शरीर छ।।