मंसिर १६, २०८१ मा प्रकाशित सामाग्रीकाे बाँकी अङ्श.....
पात्रहरू -
- लठिबज्रे (फिष्टे र गमसफुलका एकमात्र छोरो),
- गमसफुल (लठिबज्रेकी आमा),
- डुकुलण्ठक (गमसफुलका लोग्ने तथा लठिबज्रेका बुवा),
- धधङ्ग्रे बड़ा (झाँक्री),
- धोम्बे (झाँक्रीको सहायक),
- भम्पे (लठिबज्रेको साथी)
(प्रस्थान हुन अघि धधङ्बे बड़ाले कुकुरजस्तो अभिनयमा सबैलाई हेर्छ । एकक्षणपछि धधङ्बे बड़ा कुकुरजस्तो भुक्न थाल्छ...एकक्षणमा रुन थाल्छ....टोकुँलाजस्तो गरेर....ङ्यार कि ङ्यार गर्छ...सबै छक्कै पर्छन् । जुरुक्कै उठेर चार हात-पाउ टेक्दै कुकुर स्टाइलमा पर...सोफाको छेउमा हात-पाउमध्ये एउटा खुट्टा उचालेर कुकुरले तुर्क्याएकोजस्तो गर्छ । तुर्क्याइजस्तो गरिसकेपछि कुइँ....कुइँ गर्दै गमसफुललाई सुँघ्न जान्छ । धधङ्बे बड़ाको कुकुर स्वाभाव देखेर गमसफुल कहालिँदै पलङमाथि चढ्छिन् ....सबै छक्क पर्छन् । धधङ्बे बड़ा चार हात पाउ टेकी जिब्रो निकालेर स्वाँ...स्वाँ गरिबसे पनि तर सहायक धोम्बेलाई भने कुनै असर वा प्रभाव परेको देखिँदैन )।
भम्पे औ....तिम्रा धोम्बे धधङ्बे बड़ालाई कुकुर भूतले भेटेको छ कि चुँड़ेल्नी कुकुरले भेटेको छ । आम्बो...बूढ़ोले ती कुकुरले तर्क्याएको ता डिट्टो पो गरे ता हौ ।
धोम्बे (गम्भीर मुद्रामा) त्यस्तो कुनै भूतले भेटेको होइन ।
डुकुलण्ठक (आतङ्कित मुद्रामा) अनि...
धोम्बे हैन एकपल्ट नागाल्याण्डमा चिन्ता बस्न गएका थियो । त्यहाँ एउटा घरमा कुकुरको मासुको मोमो दिएछ...त्यो मोमो खाएपछि...बूढ़ालाई यस्तो भएको हो । नागाल्याण्डबाट फर्किँदा बाटोमा ट्रेनमा कुकुर भएर जीआरपीले सात दिनसम्म कुकुरको खोरमा थुनेर कम्ति ता बिजोग पारेको होइन अनि ।
गमसफुल (डराउँदै जिज्ञासु भएर) अन्त सधैँ भेटछ कुकुर हुने बेथाले ?
धोम्बे सधैं ता हुँदैन...खोई कुने बेला के हुन्छ...अन्त कुकुर हुनथाल्छ ।
भम्पे अहिले पनि कुकुर नै छ है....
धोम्बे यसको दबाई मसित छ नि....
गमसफुल अऩ्त दवाई दि हाल न धोम्पे नानी ।
धोम्बे लु हेर्नोस् ल अब मेरो दबाई । बच्चा.... बच्चा.... बच्चा..... च्चः... च्चः... च्चः... बच्चा...बाच्चा...(कुकुरजस्तो निकैबेर चुइँकिएपछि धधङ्बे बड़ा सद्दे मानिसको रुपमा परिवर्तन हुन्छ ) ।
धधङ्बे बड़ा (आफ्नो सेमे सरजाम टिप्दै ) लु...धोम्बे....जुम्....(गमसफु
ध्वनि परिवर्तन
[गमसफुल र डुकुलण्छठकको आँगन । चिन्ताको निम्ति थान बनाइएको छ । झाँक्री धधम्बे बड़ा सेतो जामा, घण्टी, शिरमा फेटा बाँधी प्वाँखहरु सिउरेका छन् । गाउँका युवा-युवती ल्याम्टे, तिखुले, चाउरे, रिट्ठे, गट्ठे, लट्टे, म्याउँची, थुप्री, हामपोक्ची, हाँसुली, प्याकुलीहरू चारैतिर बसेका छन् । रोगी लठिबज्रेलाई एउटा आसनमा राखिएको छ ।]
धधम्बे बड़ा (काम्दै आफै ढ्याङरो बजेको आवाज बक्न थाल्छ)
डङ्कुटी डङ्....डङ्कुटी डङ्....
डङ्कुटी-डङ्कुटी डङ्कुटी डङ्.....(नाच्न थाल्छ । नाच्दा घण्टी बजेको सुनिन्छ ।)
धोम्बे सैसै ला बोन्बो सैसै हो
यहाँको खेल नै यस्तै हो......(डङ्कुटी डङ्....डङ्कुटी डङ्...)
भम्पे लहै परमेश्वरा...खेल के हो बताउनुपऱ्यो ......(डङ्कुटी डङ्....डङ्कुटी डङ्...)
धधङ्गे बड़ा (कम्पनमा) हँ...हेर् मलाई किन बोलाएस्...सुनपातिको धूप दियेस....(फिष्टे अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्.... भनिरहन्छ भने धोम्बे काँसाको थाल बजाउन थाल्छ)
फिष्टे दूधको दूध...पानीको पानी ...........(डङ्कुटी डङ्....डङ्कुटी डङ्...)
धोधोम्बे बड़ा (झड़केर कम्पन स्वरमा) हँ...हँ...हेर् मनुवा....दूध नभनेस्...नभनेस्...नभनेस् ।
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
डुकुलण्ठक के भन्नु ता परमेश्वरा...दूधको दूध पानीको पानी नभनेर । पिता पूर्खाले यही कुरा भन्दै आएका छन् । (
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
धधङ्गे बड़ा (झड़्किँदै ) दूध नभनेस्....दूधमा...हँ दूधमा...हँ पानी हँ पानी हँ मिसेको हुन्छ... हँ हेर् मलाई किन बोलाई ल्याइस् ?
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
डुकुलण्ठक (झाँक्री बड़ाको कानैमा मुख पुऱ्याएर) भोडकाको भोडका....ह्विस्कीको ह्विस्की परमेश्वरा ।
धधङ्गे बड़ा (खुशी भावमा) हँ...हेर्...हँ हेर्....यू आर राइट...भोडकाको भोडका...ह्विस्कीको ह्विस्की ....सिञ्चेल देवी...आम्बोटे देवी । चारैतिर लबी नै लबी । हँ...हेर्...हेँ हेर्... हेर् ....मनुखे...हँ हेर्...हँ...हँ...खै...खै...मे
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
(काम्दै)
बनझाँक्रीको चेला म मशान मशान नाचिहिड़्ने
भूतप्रेतलाई काबुमा ल्याउने बोक्सी डाइनी तह लाउने
मलाई किन बोलाई ल्याएस् भन्...हँ...भन्...भन्
मलाई किन बोलाई ल्याएस् भन्...हँ...भन्...भन्...
भम्पे परमेश्वरा भोडकाको भोडका...ह्विस्कीको ह्विस्की...
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
छतछती भनिदिनुपऱ्यो...
मधौरोको जोखाना जसरी भए नि खोट्याई दिनुपऱ्यो ।
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....
लकडाउन अटेर गर्दा लाठी वर्षन्छ
झर्के थाल बजाए मात्र जोखाना खुट्टिन्छ
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
धोम्बे झर्के थाल बजाउँदा बेस्सरी
छेँड़ परेको छ परमेश्वरा लाजैपर्ने गरी
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
गमसफुल ठोक्नु पनि गजब ठोक्यो होला
आदेश र जोशमा होश हराएपछि
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....
आकाश बाँधुँ पाताल बाँधु हे मनुखेनी
साह्रै खराब अर्काको होहोरीमा लाग्ने बानी
डुकुलण्ठक परमेश्वरा...भोडकाको भोडका,,,,ह्विस्कीको ह्निस्की...
होहोरीमा लाग्ने देशानले भेट्या छ सकी नसकी
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....
अर्काकै होहोरीमा थाल फुटायौ
अरुकै लहलहैमा जाति गुमायौ
भित्ता टाली अरुको आफ्नो घर भ्वाङ्ङै पाऱ्यौ
नदुःखेको कपाल चोयाले बाँधी दुःखाउनुसम्म दुःखायौ
हँ...हेर्...मूर्खहरू अब चेतेस होहोरीमा नपरेस्
हो कि होइन भन्...भन्...हो कि होइन भन्....
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
गमसफुल हो परमेश्वरा हो...हणड्रेड करेक्ट
वाह ! कति अन्तरयामी परमेश्वरा परफेक्ट
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....
झर्के थाल बजा...बजा...मुडमा म आइसकेँ
भरमग्दूर प्रयास गर्नेछु जोखाना खुट्याउने
गमसफुल परमेश्वरा....भोडकाको भोडका....ह्विस्कीको ह्विस्की
भम्पे डङ्कुटी डङ्...डङ्कुटी डङ्....
डङ्कुटी डङ्कुटी डङ्कुटी डङ् नो एनी रङ्...नो एनी रङ्...
डुकुलण्ठक परमेश्वरा छतछती भनिदिनु...
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....(
कोरोनाको लागो लकडाउनको उखरमाउलोले
सातो यसको गएको छ पुलिस लाठी प्रहारले
हो कि होइन भन् भन् हो कि होइन भन् भन्
हो भने 'यस' भन् होइन भने 'नो' भन् ।
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
गमसफुल हो परमेश्वरा हो...हो...कति सत्य बक्नु भो
'यस' परमेश्वरा 'यस' 'नो' छतछती भन्नुभो
यसको निम्ति के गर्नुपर्ने हो परमेश्वरा
पीरले म ता भइसकेँ अधमरा
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....
एउटा निखुर हरियो भाले ल्याएस्
साथमा दुइ बोतल सुरा पनि ल्याएस्
भम्पे डङ्कुटी डङ्...डङ्कुटी डङ्....
डङ्कुटी डङ्कुटी डङ्कुटी डङ्
हे परमेश्वरा....
लकडाउनको महामारीमा के को सुरा
बरु निगार चलाउँदा के हुन्छ होला
हिङ नभए नि हिङको टालोले नै चलाउनर्ला
गमसफुल हरियो भाले जति सबै जङ्गल पसिसके
कोही हिलाको दलदलमा फँसिसके
कोही काँचुली फेर्न ओथ्रा पसिसके
लट्ठीपट्ठी कसी कोई उठीवास लागिसके
[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
डुकुलण्ठक कोई धोबीको रङमा चोबलिसकेर
रङ्गी बिरङ्गी भइसके
धोम्बे डङ्कुटी डङ्...डङ्कुटी डङ्....
डङ्कुटी डङ्कुटी डङ्कुटी डङ् ....
[रातको निकै समय बितिसकेको हुन्छ । यतिकैमा अनेपाली एसारपीएफका अफिसर सिपाहीहरू आइपुग्छ्न् ।]
धधङ्गे बड़ा (काम्दै) हँ....हेर्....हँ....हेर्....
\[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]।
अफिसर बन्द करो...यहाँ कहाँ हो रहा है...मालुम नहीँ है तुम लोगों को....क्या तमासा हो रहाँ है इधर...अभी सब को फायर कर दुँगा श्श्श्शाले....[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजिरहन्छ]....बन्द करो...स्टप..स्टप...
धोम्बे (डरसरि भएर ) साप...तमासा नहीँ है...चिन्ता करता है..
अफिसर (कड़केर) चिन्ता ? फिर क्या चिन्ता कर रहा है तुम लोग हँ ? (धोधोम्बे झाँक्री काम्दै ढ्याङरो ठोक्दै फलाक्न थालन्छ)
अफिसर (लट्ठी उज्याउँदै) एई...चूप....ए क्यो कम्पन कर रहाँ है ? क्या इस नै भी अपना शरीरको भाइब्रेसन मुड में रखा है क्या ? एई बन्द कर् तेरा भाइब्रेसन मुड ।
डुकुलण्ठक होइन कि साप चिन्ता बस्दा नही कामने से जोखाना नहीँ खुटटेता है ।
अफिसर अभी पुलिस का लाठी बर्सेगा न...तब मालुम परेगा । (झाँक्रीलाई हेर्दै) एई चूप...तेरा नाम क्या है ?
धधङ्गे बड़ा (काम्नु छोड़ी डराउनुका साथै जम्ले हात गर्दै) धोधोम्बे साप...
अफिसर क्या बोला ? ठिक से बोलो...
धोधोम्बे धोधोम्बे ।
अफिसर (वाक्कै भएर) उफ...इस घर का मालिक कौन है ?
डुकुलण्ठक (जम्ले हात गर्दै ) डुकुलण्ठक...
अफिसर तुम लोगों का नाम भी अजब और गजब का होता है..। ये नाम याद करने में एक महिना में भी याद नही कर सकेका । किसी का नाम बमबहादुर किसी का नाम तोपकुमार । ये सब बम ओर तोप बनानेवाला श्श्श्श्शाला.....
भम्पे (पुलिसले नसुन्ने गरी ) आम्बो...यो डिङ्गर हाम्री कुन दिदीको भेना पऱ्यो हौ...शाला पो भन्छ ता हँ...
अफिसर (झड़ेकर) क्या बोला...क्या बोला ...फिर बोलो तो...क्या बोला
गमसफुल हाम्रो भेना कसरी पऱ्यो भनेको साप ।
भम्पे हम बोला कि....साप का भेन कहाँ है भनेर सोधेको साप ।
अफिसर क्यों चाहियो तुम लोगों को भ्यान ? क्यों भ्यान में बम फ्याँक्ने का विचार हैँ क्या?
डुकुलण्ठक (छक्क पर्दै) अपुपुई....यो डिङ्गर मान्छे पनि कालो....मन पनि कालो...कस्तो पाप बोलेको हई ? यिनारले ता हामीलाई पाप मात्रै सम्झिन्छ हौ । हेप्नु पनि के साह्रो जानेको हौ हामी सोझा-सिधाहरूलाई । यो संसारमा हेप्ने ठाउँ यहाँ मात्रै पाएछ है यी
डिङ्गरहरूले ।
अफिसर हम कौन है मालुम ?
धोम्बे नहीँ साप ।
अफिसर एस आर पी....क्या...
डुकुलण्ठक एसारपी....
अफिसर एस आर पी का मतलब जानते हो ?
गमसफुल अभी तक तो सीआरपी मात्रै सुना है साप...
अफिसर सीआरपीएफ नहीँ...सीआरपीएफ नहीँ....एस आर पी । क्या?
सबै एसारपी....
अफिसर इस का मिनिङ् आता है ?
धोम्बे (हतार-हतार बाठे भएर) सुक्खा रोटी पोल....
अफिसर (गाँवै थर्किने गरी कराएर) चूप....श्शाला...
डुकुलण्ठक ऊ फेरि डिङ्गर भेना करायो है ।
अफिसर तुम लोग ना...तुम लोग ना...बहुत बढ़ गया है....
भम्पे ना साप...हम लोंगो का गोर्खा हाइट नै यति नै है....
अफिसर (धधङ्गे बड़ालाई र उनले बोकेको ढ्याङरो हेर्दै ) ए...क्या है ? (ढ्याङरो खोसेर पल्टाई पल्टाई हेर्दै) ए क्या है ?
धधङ्गे (डरसरि भएर) ढ्याङरो है साप...ढ्याङरो ।
अफिसर (ढ्याङरोलाई वल्टाई पल्टाइ हेर्दै) ये कौन फ्ल्याग है ? तुम लोग तो फ्ल्याग चेञ्ज करने में तो बहुत माहिर हो ।
भम्पे - नहीँ सर यो झण्डा होइन । ढ्याङरो है सर ।
अफिसर - ढेङरो क्या होता है खुलकर बोलो ।
डुकुलण्ठक - जब झाँक्री लोग चिन्ता बसता है न उसबेला ढयाङरो ठट्टाके नाचता है ।
धोम्बे - यो ढयाङरो से डङ्कुटी डङ...ङङकुटी डङ्....डङ्कुटी डङकुटी डङकुटी डङ साउण्ड निकलता है यी हेर्नोस् ल साप हम ढ्याङरो ठोक के देखाता है (ढ्याङरो ठोक्छ....[अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजेको प्रतिध्वनित हुन्छ)।
गमसफुल इसी का ताल मे हमारा झाँक्री बड़ा नाचता है ।
अफिसर हँ....इस में बम तो नही रखा है ।
धधङ्गे बड़ा अप्पुइ साप...ये तो चिन्ता बस्ने का इऩ्सट्रुमेण्ट है । ये बजने से अटोमेटिक काम्ने मन लगता है साप । [अविराम डङ्कुटी डङ्....डङ्कुटी डङ्....को आवाज र काँसाको थाल बजेको प्रतिध्वनित भइरहन्छ]।
अफिसर (धधङ्गेको सर्वाङ्ग हेर्दै ) तुम्हारा नाम क्या है ?
धधङ्गे बड़ा धधङे ? जैसा आदमी वैसा नाम । अच्छा तुम कौन हो ? कोई जङ्गी सङ्ठनका नेता हो क्या ?
धधङ्गे बड़ा नहीँ साप । हम तो झाँक्री है झाँक्री । बनझाँक्री से ट्रेनिङ लिया हुआ भुइँफुट्टा झाँक्री । मलाई जङ्गी नेता जस्तो लागता है साप ?
अफिसर बनझाँक्री कैन आतङ्कवादी सङ्गठन का नेता है ।
धोम्बे (हतार -हतार) इण्टरनेशनल झाँक्रीज एसोसिएसन का साप ।
अफिसर (झाँक्रीको सर्वाङ्ग हेर्दै) तो तुम्हारा ड्रेस है कि कोई औरत का पेटिकोट है ? शीर में पक्षियों का मारके पंख घुसारा है । (दुम्सीको काँढ़ा देखाउँदै) यो वाण जैसा शीर में क्यों रखा है ? गला में माला...चलो माला तो ठिक है...इतना सारे घण्टीयाँ क्यो लटकाया है ? ऐसा आदमी को जङ्गी सङ्गठनका नेता नही बोलकर शङ्कर भगवान् का अवतार बोलुँ ? श्श्श्श्श्श्शाले ।
डुकुलण्ठक साप...साप...ये झारफुक,,,यताउति कर ता है ।
धोम्बे चिन्ता बसकर बोक्सी, डाइनी, भूत-पिशाच को शेष कर देता है हमारा धधङ्गे उस्ताद ।
अफिसर (छक्क पर्दै ) ओ....ये मर्डर भी करता है ।
धधङ्गे नहीँ साप....नहीँ....
अफिसर (सिपाहीहरूलाई डाक्दै ) एई...इसको एरेष्ट करो....और इसका सब हतियार सिज करो । ये लोग झ्याँक्री आतङ्कवादी सङ्गठन का आदमी है । (सिपाहीहरू आएर धधङ्गेलाई न्याक र झ्याँक पार्छ । अनि ढ्याङरो खोस्न थाल्छ ।
(अफिसरले धधङ्गे बड़ाको हातबाट ढ्याङरो खोस्न खोजेका देखेर सबैले विरोध गर्छन् । तर केही सिप चल्दैन ) ।
धधङ्गे बड़ा (ढ्याङरो च्याप्पै समातेर) नहीँ साप...हम को लेजाइये तर इस ढ्याङरो को कुछ मत किजिए....हम बिजुवा, धामी, झाँक्री लोग का शान है । (सिपाहीहरूले ढ्याङरो जबरजस्ती खोसेर लान्छ । पुलिस गाड़ीको पछि पछि धधङ्गे आफ्नो ढ्याङरो हत्याउन दुगुर्छ । पुलिस गाड़ीले डाँड़ा काटिसक्छ)
धधङ्गे बड़ा - हामीलाई केही गर्न नदिने रहेछ नाथेहरूले । आफ्नै ठाउँमा बसेर आफ्नै देवी- देवतालाई सम्झेर ढ्याङरो ठोक्नु पनि नपाउनु पर्ने कस्तो समय आयो हे भगवान् । आज ढ्याङरो थुतेर लग्यो...भोलि झाँकी नबस्नु, चिन्ता नबस्नु भन्ने आदेश गर्न सक्दैन भन्ने के ग्यारेण्टी छ । हे सिञ्चेल माता, हे टिष्टामाई आम्बोटे बाबा, हे महाकाल बाबा...हाम्रो यो पहाड़ के हुन आँट्यो ? हामी बिल्लीबाठ परिसक्यौं अब हामीलाई कसले सुरक्षा,,,,हाम्रो चिन्ता कसले बसिदिने....हाम्रा थाप्लोमाथि थपिएको कुठाराघातको खड़्ग कसले काट्ने ?? मधौरो निको पार्नलाई ढ्याङ्गो ठोक्दा ता हामी धामी-झाँक्रीको ढ्याङ्ग्रो थुतेर लानेहरूले हाम्रा देवी-देवता, देवराली, महाकालबाबा, सिञ्चेल देवी, टिष्टा माई, गोल्मा राजा गोल्मारानीजस्ता हाम्रा आस्थाहरूलाई पनि थुतेर लानु बेर लाउँदैनन् । हाम्रो कञ्चनजङ्घा, हाम्रो सुन्दर पहाड़लाई पनि थुतेर लान बेर लाउँदैनन् । हाम्रो सबै ता थुतेर उतै लगिसके । मेरा गुरु बनझाँक्रीले उपहारस्वरुप दिएका ढ्याङग्रो खोसिलानेले ए मनुखेहरू कुनै दिन तिमेरूलाई पनि थुतेर लानेछन्...लाखेस्....लाखेस्....
(धधङ्गे बड़ा छात्ती पिट्दै रुन्छ । चिन्ता हेर्न र सुन्नेहरूमाझ खैलाबैला मच्चिन्छ । रुँदा-रुँदै धधङ्गे बड़ा मुर्छा पर्छन् । अरु सबै उनलाई सम्हाल्न अघि बढ़्छन् )।
समवेत स्वर - ल्या....झाँक्री बड़ालाई के भयो ?
(झक्झकाउंदै ) बड़ा...बड़ा...धधङ्गे बड़ा... झाँक्री बड़ा....(नारी स्वर रोएको आवाज)
गमसफुल एमबुलेन्स बोलाऊ....छिटो न.....छिटो
(रुवाबासी चल्छ । एकक्षणमा एम्बुलेन्स हुटर बजाएर आएको सुनिन्छ अनि फेरि धधङ्गे बड़ालाई एबम्बुलेन्समा हाली लगेको हुटरको आवाज निकै बेरसम्म सुनिरहन्छ । नेपथ्यमा टाढ़ा कतै ढ्याङरो ठोकेको आवाज र झाँक्री फ्लाकेको स्वर सुनिरहन्छ) ।
पर्दाले मन नपरी नपरी आँखा चिम्लन्छ ।
(लेखक प्रधान सिलिगुरीका बरिष्ठ हास्यव्ङ्य साहित्यकार हुनुहुन्छ)
समाप्त