काठमाण्डौं । मजदुर नेता भीमज्वाला राईलाई नेकपा (एमाले) केन्द्रीय सदस्यका लागि संयुक्त अभियान सुरु भएको छ । 

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुन लागिरहेको नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा राई केन्द्रीय सदस्यमा जिताउन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसमेत रहेको परिचालन कमिटी गठन गरिएको छ ।

दुइवटै संगठनका नेताहरु सम्मिलित संयुक्त भेलाले भीमज्वाला राई जिताउन ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको संगठनले जनाएको छ ।  कमिटीमा दुवै संगठनका नेताहरु सदस्यका रुपमा रहेकाछन् । भेलाले प्रचार, आर्थिक र समन्वय गर्नेगरी उप सहितिहरु समेत निर्माण गरेको छ । 

कार्यक्रममा उद्योग व्यवसायी महासंघका सचिव तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका इन्चार्ज डोलनाथ खनालले पार्टीमा सार्वजनिक यातायात क्षेत्र बुझेको, जानेको नेतृत्वको अभावका कारण आफुहरुले समस्या झेल्नु परेकाले यातायात क्षेत्रका विज्ञ र वौद्धिक व्यत्ति भीमज्वाला राईलाई पार्टीको केन्द्रीय कमिटीमा जिताउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।  

खनालका अनुसार पार्टी नेतृत्वसंग कुराकानी गरेकाछौं । राईलाई टिममा समावेश गरेर लानुपर्छ भनेकाछौं पार्टी नेतृत्व यस विषयमा सकारात्मक देखिएकोछ । हामी निर्वाचनमा जिताएरै छाड्छौँ खनालको भनाई छ ।

त्यस्तै डेकनाथ गौतमले राई मजदुरको मात्रै नभएर ४ लाख यातायात व्यवसायी, १३ लाख यातायात श्रमिक तथा स्वरोजगार मजदुरहरु र आश्रित ४५ लाख परिवारको प्रतिनिधि भएको बताउनु भयो । गौतमका अनुसार इतिहासमा पहिलोपटक यातायात मजदुर र व्यवसायी संगठनहरुले मिलेर पार्टी महाधिवेशनमा साझा उमेद्वार घोषण गरिएको बताउनु भयो ।  

मजदुर, स्वरोजगार र व्यवसायीको बाक्लो उपस्थिति रहेको भेलामा भीमज्वाला राईले आफु कलिलै उमेरमा २०४६ सालदेखि राजनीतिक आन्दोलनमा सरिक भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, मजदुर आन्दोलनमै आफुले ३० वर्ष काम गरिसकेको छु। जैविक उमेर र राजनीतिक उमेरले एमालेको केन्द्रीय कमिटीमा बसेर काम गर्ने परिपक्वता हाँसिल गरिसकेको छ ।

नेकपा (एमाले) को मजदुर फ्र्याक्सन कमिटीको सचिव, मजदुर इलाका कमिटी सुनसरीको सदस्य, सुनसरी जिल्ला कमिटीको तीन कार्यकाल सदस्य हुँदै दोस्रो कार्यकालका रुपमा कोशी प्रदेश कमिटीको सदस्यका रुपमा काम गरिसकेको राईले बताउनुभयो ।  

हाल जिफन्ट राष्ट्रिय कमिटीको सदस्य र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको दोस्रो कार्यकाल केन्द्रीय अध्यक्षका रुपमा देशको नेतृत्व गरिरहेका राईले केन्द्रीय कमिटीमा रहेर मात्रै १६ वर्ष मेची महाकाली काम गरिसकेको स्मरण गराउनुभयो ।  आफ्ना धारणा राख्दै राईले पार्टीले दिएको जिम्मेवारीको हरेक मोर्चा दृढतापूर्वक कार्यसम्पादन गरेको विगत स्मरण गराउँदै आफु मजदुर, जनजाती, खुल्ला वा प्रदेश भूगोल जुनसुकै क्लष्टरबाट उमेद्वार बन्नसक्ने जानकारी गराउनु भयो । 

विभिन्न विचारमा रहेका देशको सिंगो यातायात क्षेत्रका मजदुर व्यवसायीहरुको हौसला र साथ सहयोग साथै जिफन्ट र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेताहरुको सहयोगमा उमेद्वार बन्ने उहाँको भनाई छ । 

आफुले जिफन्ट र संगठनका नेताहरु, पार्टीका सबै तहका नेताहरुसंग छलफल गरेर अघि बढेको समेत भेलामा जानकारी गराउनु भयो ।  ।