काठमाडाैं। नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अध्यक्षसहित पदाधिकारीहरुकाे अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै पार्टीको केन्द्रीय नेतृत्व संरचना स्पष्ट भएको हो।

अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरका साथ विजयी हुनुभएको छ। ओलीले १६६३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मतमा सिमित रहनुभयो। यससँगै ओली पुनः तेश्राे पटक अध्यक्षमा निर्वाचित हुनुभएको छ।

उपाध्यक्षतर्फ पाँच जनाको चयन भएको छ। पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै १७३७ मत ल्याउँदै उपाध्यक्षमा विजयी हुनुभयो। विष्णु प्रसाद पौडेलले १६७५, रामबहादुर थापा ‘बादल’ले १५१६, गोकर्ण राज विष्टले १३६८ र रघुजी पन्तले १२५८ मत प्राप्त गर्नुभयो। अन्य उम्मेदवारमध्ये बिन्दा पाण्डेले ९२१, परशुराम मेघी गुरुङले ४६१, अरुण नेपालले ४३९, टंक प्रसाद कार्कीले ३५८ र भीमप्रसाद आचार्यले २६५ मत प्राप्त गर्नुभएको थियो।

महासचिव पदमा शंकर पोखरेल विजयी हुनुभएको छ। पोखरेलले १२२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत ल्याउनुभयो।

तीन जनाको लागि भएको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ। भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गर्नुभयो। अन्य उम्मेदवारमा विष्णु प्रसाद रिमालले १०९१, आनन्द प्रसाद पोखरेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्र प्रसाद गौतमले २७० मत ल्याउनुभएको थियो।

सचिव पदका लागि नौ जना निर्वाचित भएका छन्। महेश बस्नेतले १५४४ मतसहित शीर्ष स्थानमा रहँदै विजयी हुनुभयो। त्यसैगरी पद्मा कुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मत कुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यमलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) सचिव पदमा निर्वाचित हुनुभएको छ। प्रतिस्पर्धामा रहेका गोकुल प्रसाद बास्कोटा, ठाकुर प्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्नि प्रसाद खरेल, विनोद प्रसाद ढकाल, कृष्ण गोपाल श्रेष्ठ, पेम्बा लामा, लालबाबु पण्डित, इन्द्रलाल साप्कोटा र पुरुषोत्तम पौडेल भने पराजित हुनुभएको छ।

११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीलाई संगठनात्मक सुदृढीकरण, सरकार सञ्चालन र आगामी निर्वाचनको तयारीमा केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

दुई प्यानल बनाएर मैदानमा उत्रिएका उपाध्यक्षमा गाेकर्ण विष्ट, उपमहासचिवमा याेगेश भट्टराई  इश्वर पाेखरेलकाे टिमबाट आउनु भएकाे छ ।