धरान /नौलो पथ व्याटमिन्टन क्लव धरान १५ को आयोजनामा भएको नगरस्तरीय व्याटमिन्टन प्रतियोगिताको उपाधी गौरव लिम्बु निर्मला राईको जोडीले जितेका छन् ।
जितसँगै सिप्रदी अटो पार्ट्सले प्रायोजन गरेको नगद २० हजार हात पारेको छ । २१-१५, २२-२० सोझो सेटमा उहाँहरुले जित हात पारेका हुन ।
उपविजेता सुवास लिम्बु र हरी मगरको जोडीले नगद १०५०० हात पारेको छ ।
धरान उपमहानगरपालिका, १५ नं. वडा कार्यलयको सहकार्य र सहयोग तथा सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको समापनमा धरान उपमहानगरका उपमेयर आक्ष्न्द्रविक्रम बेघाले विजयी खेलाडीलाई पुरस्कार र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
यस्तै तेश्रो स्थान नुनिराम राई - भावना राई र राजकुमार राई -भुवन राईको जोडी हुनुभएको थियो । अन्डर–१३ तर्फका विजेताहरू पहिलो मिङ्सुहाङ लिम्बु, दोस्रो निशान शेर्पा, तेस्रो समर्थमान श्रेष्ठ र सुवन चेम्जोङ हुनु भयो ।
कार्यक्रमका विशेष अतिथिका रूपमा अनुसन्धान ब्यूरोका डीआईजी इन्द्र लामा तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, धरान ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक प्रधान तथा उपाध्यक्ष याङ्ला शेर्पालगायतको उपस्थिति रहेको थियो । प्रतियाेगितामा ५० वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताले स्थानीय युवा प्रतिभाहरूलाई प्रोत्साहन मात्र नभई धरानमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक क्लवका कोषाध्यक्ष मनिष मगरले बताउनु भयो ।



















