धरान / पब्लिक हाइ स्कूलका कक्षा १२ उत्तीर्ण गरेकी विद्यार्थी सेफाली लिम्बुले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएससी नर्सिङ्ग अध्ययनका लागि पूर्ण छात्रवृत्ति कोटामा अवसर पाउनु भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर उच्च प्रतिस्पर्धा पार गर्दै नाम निकाल्न सफल हुने लिम्बुलाई विद्यालयले बधाई दिदैं खाँदा ओडाएर सम्मान गारेको छ ।
शुक्रबार विद्यालयमा आयोजित एक बधाई कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराई र साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले सेफाली लिम्बुलाई खाँदा ओढाएर सम्मान गर्नु भएको हो ।
विद्यालयका प्रधानाध्यापक डा। इन्द्र मोहन झाले विद्यार्थीहरूको कडा मेहनत र विशेष कक्षाहरूको महत्वलाई जोड्दै विद्यार्थीहरूले पाठ्य पुस्तकसँगै फरदर स्टडीका लागि सञ्चालन गरिएका विशेष कक्षाहरूको सहायताबाट नाम निकाल्न सहयोग पुगेको बताउनु भयो ।
यस विद्यालयका साइन्स र इलेक्ट्रिकल विभागका कक्षा १२ का अन्य विद्यार्थीहरूले पनि विभिन्न प्रतिष्ठित क्याम्पसहरूमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
विद्यालयका बायोलोजी शिक्षक किशोर चौधरीले जानकारी दिए अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीएसमा पूर्ण छात्रवृत्तिमा साहिल शाक्य, केन्द्रिय आयुर्वेदिक क्याम्पसमा आयुर्वेदिक डाक्टरमा जर्मन पाख्रिन, विपी प्रतिष्ठान मै विएसससी नर्सिङ्ग पूर्ण छात्रवृत्तिमा समिक्षा नेपाली, सेफाली लिम्बु, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारमा बीटेकमा छात्रवृत्तिमा क्रियता श्रेष्ठ, मनमोहन इन्जिनियरिङ्ग कलेजमा पूर्ण छात्रवृत्तिमा रहरमान खतिवडा, इन्जिनियरिङ्ग क्याम्पस, धरानमा सविन श्रेष्ठ, ऋषि पहाडी, प्रमेश पोखरेल र विमला श्रेष्ठको नाम निकाल्न सफल हुनु भएको छ ।
विद्यालयका साइन्स र इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सरकारको विशेष कोटाको व्यवस्था गरिए पनि त्यहाँ रहेका अवसरहरू प्रयोग गर्न विद्यार्थीहरूले कडा मेहनत र विशेष लक्ष्य राख्नु पर्ने कुरा बताउनुहुन्छ ।