धरान । यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ जना विद्यार्थीहरु सोमबार दीक्षित भएका छन् । प्रतिष्ठानका कुलपति तथा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई दीक्षित गर्नु भएको हो । 

प्रधानमन्त्री ओलीले प्रतिष्ठान नेपालकै मात्र हैन दक्षिण एसियाकै प्रतिष्ठित अस्पताल भएकोले यहाँबाट दिक्षित हुने विद्यार्थीहरुबाट नेपाल र नेपालीले धेरै अपेक्षा गरेकोले अपेक्षा गरे अनुसारको काम गरेर अगाडि बढ्न पनि दीक्षित विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । यस्तै सहकुलपति एवम् स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई सहज र सरल बनाउन अब नेपाल सरकारले सबै क्षेत्रलाई डिजिटल प्रविधिमा लान शुरु गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा एमडी, एमडि,एमएस, एमडिएस, एमएस्सी नर्सिङ, एमपिएएच, एमविविएस, विडिएस, विएस्सी नर्सिङ र विएस्सी आइटीका ५ सय ५६ विद्यार्थी दीक्षित भएका हुन ।  यसभन्दा अगाडि प्रतिष्ठानले २०७२ सालमा प्रधानमन्त्री एवम् उपकुलपतिको हैसियतले केपी शर्मा ओलीबाट विभिन्न फेकल्टीका पास आउट भएका विद्यार्थीहरुलाई दीक्षित गरेको थियो । नेतृत्वले लामो समयदेखि दीक्षन्त समारोह गर्न सकेको थिए ।