धरान / यहाँ रहेको  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उही कात्तिक २६(नोभेम्बर ११) मा १३ औं दीक्षान्त समारोह गर्ने भएको छ । 

सन् २०१६ मा १२ औं दीक्षान्तथ पछि सोमबार १३ औं दीक्षान्त हुन लागेको हो । प्रतिष्ठानका कुलपति एंव नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा  ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित हुने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, दत्त  हस्पिटलका प्राडा. ज्योतीलगायतको सहभागिता हुने छ । 

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारका अनुसार सन् २०१० देखि २०१७ व्याचका एमविविएस, विडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच विएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, विएमएलटी,विएमआइटी,एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरुलाई दीक्षित गरिने भएको हो ।  दीक्षान्त समाराेहकाे तयारी भइरहकाे प्रतिष्ठानले जनाएकाे छ । 

यही अवसरमा प्रतिष्ठानले प्रदान गदैं आएको मेडलहरु पनि वितरण गरिने भएको छ । एविविएसमा उत्कृष्ट मार्क ल्याउने नारायण गोपाल गोल्ड मेडल, डा. अवाद नारायण स्मृति पुरस्कार र विडिएसमा उत्कृष्ट अंक ल्याउनेलाई श्रीहरीमान उमादेखि गोल्डमेडल प्रदान गरिने भएको सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिनु भयो । हालसम्म एविविएसमा २४ व्याच र विडिएसमा १८ व्याच यहाँबाट उक्त शिक्षा हासिल गरेर निस्किएका छन् । उहाँ अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत छन् । 

यह विश्वविद्यालयले रोगीको हेरचाह, शिक्षण, र स्वास्थ्य क्षेत्रको अनुसन्धानमा उत्कृष्टताको केन्द्र बन्ने लक्ष्य राख्दै‌  आएकाे छ। संस्थाले सामाजिक जिम्मेवारी र जवाफदेहितामा प्रतिबद्धता जनाएको छ। संस्थानले विद्यार्थीहरूको सामुदायिक प्रशिक्षण र स्थानीय जनताको सेवामा नयाँ दृष्टिकोण अपनाएको छ, जुन शिक्षण जिल्ला अस्पतालको अवधारणामार्फत गरिएको छ  । स्थानीय स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय सेवाहरू प्रदान गर्न  यहाँ का शिक्षक,विशेषज्ञ र इन्टर्नहरूको टोलीद्वारा नियमित रूपले  जाने गरेका छन ।