धरान  /  बडादसैँको अवसरमा धरानको विजयपुर स्थित दन्तकाली शक्तिपीठमा आज पशुबली दिनेको घुइचो लागेको छ । पौराणिककालमा सतिदेवीको दन्त पतन भएको ठाउँको रुपमा दन्तकालीको पूजा आराधना गरिदैं आएको छ । मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ । असत्यमाथि सत्यको विजय भएको पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार देश तथा विदेशबाट यस मन्दिरमा बोका, हास बलिदिने को घुइचो लाग्ने गरेको हो ।

यस मन्दिरमा बडा दसैँमा  नौरथा मेलासमेत लाग्ने गरेको  दन्तकाली मन्दिुर गुठी व्यवस्थापन समिति सचिव विश्वराज खनालले जानकारी दिनु भयो । उहाँकाअनुसार यस मन्दिरमा भाकल पूरा भएपछि दसैंमा हाँस, भाले, बोका, रागा चढाउने परम्परा छ । 

विशेष गरेर दसैँको नवमी तिथिका दिन यस मन्दिरमा बली दिने चलन छ । ६० वटा बोका, एक सय हाँसको बली दिइएको सचिव विश्वराजले जानकारी दिनु भयो । गत बर्षको तुलनामा यो बर्ष बली दिने कम भएको उहाँले बताउनु भयो । बाढी पहिरोको कारण यो बर्ष दर्शानार्थीहरुको पनि कमी भएको उहाँले बताउनु भयो । 

विगतमा अष्टमीमा दिनमात्र १ सय ५० वटा बोका, २ सय भन्दा बढी हासको दन्तकालीमा बलि चढाइएको भए पनि यस पटक लागातारको बर्षाद्का कारण सर्वसाधारणका घुइचो कम भएकोले त्यतिका संख्या नपुगेको बताउनुभयो ।