धरान / धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलेआपैm माथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केको गम्भीर एक विरामीको
ज्यान बचाएको छ । बीस वर्ष देखि नियमित रुपमा रक्सी सेवन गर्ने धनकुटा महालक्ष्मी नगरपालिकाका ३० वर्षीय विजय पोखरेल दर्जीको ज्यान बचाएको हो ।
उहाँलाई धनकुटा जिल्ला अस्पतालबाट भदौं ३० गते विहान ८ बजे पठाइएको थियो । प्रहरीका अनुसार भदौं २९ गते राती करिब १० बजेतिर पारिवारिक हिंसा पश्चात आत्माहत्या गर्ने उदेश्यले पेटमा खुकुरी प्रहार गर्नु भएको थियो । उहाँलाई छिमेकीले उद्धार गरि जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्राथमिक उपचार पछि उहाँलाई विपी प्रतिष्ठान रेफर गरिएको थियो ।
उहाँ प्रतिष्ठानको इमर्जेन्सी कक्षमा आन्द्रा बाहिर निक्लिएको एवम् आन्द्रा कुहिएको अवस्थामा आइपुग्नु भएको थियो । निजको आफन्त कोहि पनि उपस्थित नरहेकोले प्रहरीसँग समन्वय गरी प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागको टिमले बिरामीको उपचार गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजितले जानकारी दिनुभयो ।
प्रतिष्ठानले आफ्नै खर्चमा भदौं ३१ गते सफल शल्यक्रिया गरि विरामीलाई बचाएको हो । अप्रेशनको क्रममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडिएको थियो । अप्रेशनमा करिब ४ घण्टाको समय लागेको शल्यक्रियामा सहभागी चिकित्सकले जानकारी दिनुभयो ।
शल्यक्रिया पश्चात् बिरामलाई आईसियुमा भर्ना गरियो दश दिनसम्म भेन्टिलेटरमा राखि चौधौ दिनमा सर्जरी वार्डमा सारिएको थियो । १६ दिन पछि उहाँ अस्पतालबाट घर जानुभएको प्रतिष्ठानले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचार प्रतिष्ठानले निशुल्क गरेको सहप्रवक्ता डा. अभिजितले जानकारी दिनुभयो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!