राजविराज / जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा मंगलबार विद्यार्थीहरुलाई लागुऔषध सचेतना कार्यक्रम गरिएको छ । 

 राजविराज ३ स्थित हेप्पी ल्याण्ड इंगलिश बोर्डिङ्ग स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी, शिक्षक तथा व्यवस्थापकहरुसहितको ७० जनालाई  सचेतना दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र अतिवडाले जानकारी दिनुभयो । एसपी खतिवडाले लागु औषधको उपयोगबाट समाजमा तथा व्यक्तिहरु हुने असर, लक्षण र यसबाट वच्ने उपायहरुका साथै कानूनी प्रावधानबारे प्रशिक्षण दिनु भएको थियो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक प्रशिक्षण गरिएको उहाँले बताउनु भयो । 

कार्यक्रम जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रजिअ मेखबहादुर मंग्रातीको प्रमुख आतिथ्यतामा भएको थियो । लागॐौषध प्रयोग न्युनिकरणका लागि जिल्लाका सबै विद्यालयहरुमा  प्रशिक्षण कार्यक्रम गरिने एसपी ढकालले जानकारी दिनु भयो ।