धरान / नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईलाई अपशव्द प्रयोग गरी धम्काउने कुलदिप राईले माफी माग्नु  भएको छ । 

आइतबार इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा आफूलाई सामाजिक अभियान्ता बताउने धरानका मेयर हर्क साम्पाङका समर्थक कुलदिपले माफी मागे पछि पत्रकार राईले प्रहरीमा जाहेरी दर्ता गराउनु भएन । 

अध्यक्ष राईका अनुसार आइतबार बिहानै अपरिचित नम्बरबाट फोन गरी आफूलाई कुलदिपले अपशब्द शव्द प्रयोग गरि धाकधम्की दिनु भएको थियो । कुलदिपले फोनसम्पर्कमा घरको ठेगाना सोधेको र केटाहरुसहित घरमा आउने र ठिक लगाउने धम्की दिनु भएको थियो । धम्की दिएको विषयमा अध्यक्ष राईले इलाका प्रहरी कार्यालय धरान डीएसपी प्रकाश जवेगुलाई जानकारी गराउनु भएको थियो । डीएसपी जवेगुले कुलदिपलाई फोन गरि इलाकामा आउन भने पछि कुललिपले पुनः फोन गरेर डर त लाग्दो रहेछ नी प्रहरीमा  पुगिस भन्ने अभिव्यक्ति दिएको अध्यक्ष राईले जानकारी दिनु भयो । 

 तर, कुलदिपले आफूले जाती र विकास विरोधी कुलङ्गार भएको अभिव्यक्ति दिएको दावी गर्नु भएको छ । दुवै पक्षविच मिल्ने कुरा भए पछि सहमति भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जवेगुले जानकारी दिनु भयो ।  

अध्यक्ष राईले फेसबुकमा  सुम्निमा पारूहाङ प्रतिष्ठान नेपालका अध्यक्ष हर्कराज राईले ‘सुम्निमा पारूहाङ साँझ–२०८१’ गर्ने भनेर पैसा उठाइ कार्यक्रम नगरेको र हिसाब पनि सार्वजनिक नगरी विदेश भाग्न लागेको भनेर विदेश जानबाट रोकि कार्वाहि गरिपाउँ’ भनेर उजुरी परेकोबारे जानकारी गराउनु भएको थियो । उहाँले यस विषय के हो भनेर प्रश्न गर्नु भएको थियो । सोही विषयलाई लिएर कुलदिपले धम्की दिनु भएको थियो । अध्यक्ष राईले ‘सुम्निमा पारूहाङ साँझ–२०८१’ बारे उजुरी परेको जानकारी गराए पछि लगतै आइतबार पत्रकार सम्मेलन गरि प्रष्ट पार्नु भएको छ । तर अझै ‘सुम्निमा पारूहाङ साँझ–२०८१’ को आर्थिक हिसाव भने सार्वजनिक गर्नु भएको छैन् ।  असाेज १५ गते गर्ने भनिएकाे ‘सुम्निमा पारूहाङ साँझ–२०८१’ पानी परेकाे भन्दै स्थगित गरिएकाे थियाे । बाढी पहिराेले जनधन क्षतिभएकाे बेला हुने साँझकाे सामाजिक सञ्जालमा व्यापक आलाेचनासमेत भएकाे थियाे ।