धरान / सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले अन्र्तर प्रदेश शैक्षिक अनुभव आदान प्रदान कार्यक्रम अन्तर्गत आइतबार धरानमा रहेको सामुदायिक विद्यालय पब्लिक माध्यामिक विद्यालयको अवलोेकन गरेको छ । 

मन्त्रालयका उपसचिव,, प्रकाश देवकोटा, शिक्षा विकास निर्देशनालयका निर्देशक अम्विकाप्रसाद आचार्य, उपनिर्देशक घनश्याम पौडेलसहितको टोलीले विद्यालयले प्रयोग गदैं आएका अभ्यासहरु, पाठ्यक्रमले तय गरेका सिकाइका उपलब्धीहरु जीवन उपयोगी सीपको विकासबार जानकारी लिएका छन् । 

विद्यालयका विषयमा पब्लिक माविका प्रअ डा.इन्द्रमोहन झाले जानकारी गराउनु भएको थियो । टोलीले विद्यालयको शैक्षिक, गुणस्तर, भौतिक संरचनालगायतबारे जानकारी लिएको विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिनु भयो । 

टोलीमा सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्णप्रसाद पौडेल, शिक्षा विकास निर्देशनालयका उपनिर्देशक विमला कुमारी शर्मालगायतको कर्मचारीहरुको सहभागिता रहेको थियो ।