धरान  /  असोज ११ र १२ गते परेको अविरण बर्षाले कोशी प्रदेशमा १४ जनाको ज्यान गएको छ भने बाढी र पहिरोले  एक हजार ६५० परिवार विस्थापित भएका छन् ।  

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विभिन्न स्थानमा भएको बाढी र पहिरोले १३ जना घाइते भएका छन् । ८ जना अझै बेपक्ता छन् ।  विपत्तिबाट ५ सय ४२ घर प्रभावित भएका छन् । ५९ स्थानमा सडक अवरोध भएको प्रहरीले जनाएको छ । यस्तै १९ वटा पक्की घरमा क्षति पुर्याएको छ । अन्य ३९ वटा घर पूर्णरुपम भत्किएको उहाँले जानकारी दिनु भयो । भोजपुरमा ४ पाँचथरमा र ओखलढुंगामा एक एक गरि ६ वटा सरकारी कार्यालयहरु पूर्ण रुपमा क्षति भएको बताइएको छ । बर्षाको समयमा ४ वटा सवारी साधानलाई क्षति पुर्याएको छ । पक्की पुलसहित १३ वटा पुल तथा कल्भर्टहरु भत्किएका छन् । 

उद्धार तथा मानविय सहयोगका लागि प्रदेश भरी एक हजार ९२ प्रहरीहरु परिचालन गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले जानकारी दिनु भयो । उद्धार पुनर्निमाण र सहयोगका लागि हाल प्रहरी सक्रिय रहेको उहाँले जानकारी दिनु भयो । २२ स्थानको सडक अवरोध हटाइसकिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।