धरान  /  भोजपुर थातथलो भई सुनसरी बसोवास गर्नेहरूले चलाएको भोजपुर सुनसरी सेवा समाजले धरानमा कार्यालय भवन निर्माण गरि शनिवार उद्घनटन गरेको छ ।

 धरान- १५ स्थित गणतान्त्रिक बस्ती ९ख० निर्माण भएको भवन शुक्रवार एक समारोह बिच वडाध्यक्ष नरेश ईवरामले उद्घाटन गर्नु भएको छ ।

नरेस इङवारामले समाजको भवन निर्माणको लागि धरान उपमहानगरपालिकाले निर्णय गरी २ कट्ठा जग्गा उपलब्ध गराएको बताउनु भयो । भवनको स्तरोन्नति र कार्यालय व्यवस्थापनका लागि १५ नं वडाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।

समाजका अध्यक्ष रेवतीरमण राईले अब समाजको सबै क्रियाकलाप भवनमा व्यवस्था गरिएको कार्यालयबाट सञ्चालन हुने जानकारी दिनु भयो । अस्थायी रूपमा बनेको भवनलाई स्थायित्व प्रदान गर्न चाडै पक्की भवन निर्माण गरिने उहाँले बताउनु भयो । भवन उद्घाटनसँगै वरपर वृक्षरापण गरिएको थियो ।

समाजका सचिव भुवन सिंह बस्नेतले सञ्चालन गरेको  भवन उद्घाटनमा जसपा नेपालका धरान अध्यक्ष ताजुब लिम्बु लगायत सङ्घ संस्थाका प्रतिनिधिसहित सुनसरीमा बसोबास गर्ने भोजपुरेहरुको उपस्थिति थियो । राजेन्द्र कट्टेलले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।