धरान / तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्लि पव्लिक र प्रभात वोडिङ्ग स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

विहिवार भएको क्वाटर फाइनलको पहिलो खेलमा लोटस विद्या मन्दिरले सुनाखरि स्कुललाई २५–१४, दोस्रो खेलमा सियोन स्कुलले विष्णु मेमोरियललाई ४१–१६, तेस्रो खेलमा दिल्लि पव्लिक स्कुलले समिट स्कुललाई ४४–२७ र चौथो खेलमा प्रभात स्कुलले हिमशिखर स्कुल तरहरालाई २६–२१ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।  पहिलो खेलमा लोटस र सुनाखरि स्कुलले प्रत्येक क्वाटरमा ३–०, ४–०, ९–६ र ९–८ अंक जोडे । दोस्रो खेलमा सियोन र विष्णु स्कुलले प्रत्येक क्वाटरमा १०–६, १०–४, १२–० र ९–६ अंक जोडेका थिए ।

    यसै गरि तेस्रो खेलमा दिल्लि पव्लिक र समिट कुलले प्रत्येक क्वाटरमा ८–६, १६–३, ७–९ र १३–९ अंक जोडेका थिए । चौथो खेलमा प्रभात स्कुल र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा ६–१३, १३–३, ४–० र ३–६ अंक जोड्रदै सेमिफाइनल प्रवेश गरेका छन ।

आइतवार हुने पहिलो सेमिफाइनल खेलमा लोटस विद्या मन्दिरले सियोन स्कुल र दोस्रो सेमिफाइनल खेलमा दिल्लि पव्लिक स्कुल र प्रभात वोट्रिङ्ग स्कुलले  प्रतिश्पर्धा गर्नेछ ।  

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ । फाइनल खेल भाद्र ३१ गते सोमवार विहान हुनेछ ।