धरान / धरानको पुरानो सरकारी कलेज महेन्द्र बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि मानविकी र कानुनको नयाँ विषय ‘बिए एलएलबी’ (व्याचलर्स अफ आर्ट एण्ड लेजिस्लेटिभ ल) विषय अध्यापन हुने भएको छ ।

क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै यस्तो कोर्ष अध्ययपन हुन थालेको जानकारी दिएको छ । अध्यापन यसै शैक्षिक सत्र २०८१ देखि सुरु गर्न प्रवेश खुला गरिएको जानकारी दिएको हो । यो कोर्ष ५ वर्षको हुने छ ।  

बिए एलएलबी पढ्नका लागि प्रवेश परीक्षा आवेदन अनलाइन खुला गरिएको क्याम्पस प्रमुख चन्द्रकुमार राईले जानकारी दिनु भयो ।  २०६६ सालदेखि नै बिए एलएलबी सङ्काय ल्याउन प्रयास गरिए पनि यो बर्ष मात्र स्वीकृत प्राप्त भएको उहाँले बताउनु भयो । यो विषय कोशी प्रदेशका अन्य कलेजहरुमा छैन । 

कोशी प्रदेशमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा बिए एलएलबी अध्यापन गराउने पहिलो महेन्द्र क्याम्पसमा ७० जनाको कोटा निर्धारण भएको छ । आवेदन फाराम भर्न कुनै पनि विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि प्राप्ताङ्कको प्राथमिकता क्रमअनुसार भर्ना लिइने छ । अध्यापन सेमेस्टर प्रणालीमा हुनेछ ।

विद्यार्थीले न्यूनतम ८० प्रतिशत हाजिरी हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको नियमअनुसार २० प्रतिशत आरक्षणको व्यवस्था हुनेछ । त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा कार्तिक १० गते हुने क्याम्पसले जनाएको छ । त्रिविले नै प्रवेश परीक्षा लिने छ । यस अघि विए    ३ बर्ष र एलएलवी २ बर्षे कोर्ष छुट्टाछुट्ै अध्ययापन हुदैं आएको थियो ।