काठमाडौं  / वराह ग्रुप अफ कम्पनीले आउँदो असोज पहिलो सातासम्ममा आर्थिक सन्तुलन तत्काल हुनेगरी केही प्याकेज ल्याउने घोषणा गरेको छ ।

कम्पनीका अध्यक्ष शिव लामीछानेले विज्ञप्ति जारी गर्दै विस्तृत योजनासहित उक्त प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । आफूहरू हरसम्भव कसैको रकम नडुबाई फिर्ता गर्न प्रयासरत रहेको भन्दै उहाँले लगानीकर्ताले जे सोचेर लगानी गरेका थिए, त्यो पूरा गरिछाड्ने अठोटसमेत व्यक्त गर्नु भएको छ । त्यसका लागि कानूनी, व्यावहारिक र व्यावसायिक ३ वटै बाटाहरूको उच्चतम् प्रयोग गरी यथाशक्य चाँडो सबल र सफल अवतरण गर्ने प्रयास भैरहेको उहाँले बाताउनु भएको छ । 

अध्यक्ष लामीछानेले वराहको यो समस्या राष्ट्रियरूपमै आएको सहकारी संस्थाहरूको समस्याको एक झिल्को भएको उल्लेख गर्दै वराहलाई फेरि चलायमान बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । वराहले ड्रिमल्याण्ड रियर स्टेट प्रा। लि। सँग सहयात्रा गरी काम गरिरहेको उनको भनाइ छ ।

वराह ग्रुप अन्तर्गत वराह सहकारी, वराह ज्वेलरीलगायत विभिन्न व्यापार व्यवसाय पर्छन् । सहकारीले बचतकर्ताको अर्बौं रुपैयाँ फिर्ता गर्न सकेको छैन ।

BARAHAKO APIL