काठमाडौं । हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ ।
र्यापिड चेसको एक दिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिनेछ । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूकाअनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालकी पहिलो राष्ट्रिय बुद्धिचाल प्रतियोगिताकी विजेता उनी नेपाल बुद्धिचाल महासंकी उपमहासचिव तथा विश्व बुद्धिचाल महासंघको महिला आयोगकी सदस्य पनि हुनुहुन्छ ।
‘महिलाहरूको पर्व तीजको अवसरमा दिदीबहिनीहरूले चेस खेल्दै रमाइलो गर्नुको साथै एकअर्कालाई साथ दिँदै महिला सशक्तिकरणमा थप ऊर्जा दिन सकौं भनेर प्रतियोगिता आयोजना गरिएको हो,’ एकेडेमीकी संस्थापक खम्बूले भन्नुभयो, ‘स्वीस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा महिला खेलाडीमात्रै सहभागि हुन पाउनेछन् । आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्नेछन् ।’
‘तीज स्पेशल टोर्नी २०२४’ मा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
२०८० साल चैत्र १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको तेस्रो अवसर हो यो । उसले यसअघि असार ८–९ गते एसईई कप र साउन ५ गते हिमालयन १०० ९फिडेको १ सयौं बार्षिकोत्सवको अवसरमा गिनिज वल्र्ड रेकर्ड्सको लागि० सफलतापूर्वक आयोजना गरेको थियो ।
एकेडेमीले प्रशिक्षण र प्रतियोगिता आयोजनासँगै व्यवस्थापन पनि गर्दै आएको छ । हप्ताको दुई दिन विभिन्न कोर्समा ७३ जना खेलाडीरविद्यार्थीलाई नियमित प्रशिक्षण गराउँदै आएको एकेडेमीले चेसको अनलाइन ट्रेनिङ पनि सञ्चालन गरिरहेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!