धरान । के के इन्टरनेसनल स्कुल धरान–१५ ले बिहीवार र शुक्रवार बिद्यार्थीहरुलाई नमुना संसदको अभ्यास गराएको छ । 

संघिय संसद (प्रतिनिधि सभा)को नमुना अभ्यासमा कक्षा–६ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी भएका छन् । बहुदलीय व्यवस्थामा विविभ्न् दलहरुको प्रतिनीधित्व हुन्छ । सोही अनुसार विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । प्रतिनिधि सभामा जस्तै यो नमुना संसदमा पनि नेपाली नेसनलिष्ट पार्टी, डेमोक्र्याटिक पार्टी नेपाल र रिपब्लिकन पार्टी नेपाल गरि २ सय ७५ जना साम्सदहरु रहेका छन।

संसदमा रहेको ठुलो दल नेपाली नेसनलिष्ट पार्टीका सम्सदिय दलका नेता दर्पण गौतमको नेतृत्वमा ५ सदस्यिय मन्त्रीमण्डल गठन भएको छ। 

नेपाली नेसनलिष्ट पार्टीका बिशेष अग्रवाल शिक्षा मन्त्री हुनु भएको छ । यस अघि नै डेमोक्राटिक पार्टी नेपालको तर्फबाट उज्ज्वल लिम्बु राष्ट्रपतिमा चयन हुनु भएको थियो । रिपब्लिकन पार्टीका तर्फबाट तपस्या भण्डारी सभामुख हुनु भएको छ । 

डेमोक्रेटिक पार्टीका तर्फबाट विश्वजित तिरुवा उप सभामुख बन्नुभएको छ । दुई दिनसम्म चल्ने संसदको बैठकमा बिहिबार शिक्षा मन्त्री अग्रवालले बिद्यालय शिक्षा बिधेयक २०८१ प्रस्तुत गरि आज सभामुख भण्डारीले संसदमा छलफल गराउनु भएको थियो । 

पुस्तकमा रहेका सैद्धान्तिक कुराहरुलाई अभ्यास मार्फत बिद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले ज्ञान दिने उद्देस्यले नमुना संसदको अभ्यास गराईएको स्कुलका अध्यक्ष प्रबिन अग्रवालले जानकारी दिनु भयो । विद्यार्थीहरुलाई दलहरुको भूमीका, प्रतिनीधि सभा, संसद र सांसदकाबारेमा प्रष्ट पार्न यस्तो अभ्यास गराइएको विद्यालयका प्रवन्ध निर्देशक गिरीधारी सापकोटाले जाजनकारी दिनु भयो । 

पुस्तकमा भएको कुरा पढाएर भन्दा प्रयोगात्मक तरिकाले सिकाउदा बिद्यार्थीहरुले छिटो बुझ्ने स्कुलका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले बताउनु भयो ।