धरान युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम) तेस्रो सेमेष्टरको परीक्षामा कोशी प्रदेश प्रथम हुन सफल आफ्ना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

कलेजले शुक्रवार आफ्नै कलेजमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रथम, द्वीतीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

तेस्रो सेमेष्टरको परीक्षामा ३ दशमलव ८८ जिपिए ल्याएर प्रदेश प्रथम हुन सफल सिमरन तामाङलाई युएन कलेजका क्याम्पस प्रमुख डम्वरकुमार तुम्बापोले नगद २५ हजार, खदा र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

त्यसैगरी ३ दशमलव ८७ जिपिए ल्याएर प्रदेश द्धितीय हुने स्मारीका श्रेष्ठलाई नगद १५ हजार र खदा र सम्मान पत्रले सम्मान गरीएको थियो ।

त्यस्तै ३ दशमलव ८५ जिपिए ल्याएर प्रदेश तृतीय हुने अंशु मग्रातिलाई नगद १० हजार खदा र सम्मान पत्रले सम्मान गरीएको थियो । विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त पुरस्कृत गरीएको कलेजका प्रमुख डम्वरकुमार तुम्वापोले वताउनु भयो ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झा, होटल मेनेजमेन्ट विभागका को–अर्डिनेटर गगनमान श्रेष्ठ, जनसम्पर्क प्रमुख राम लिम्वुले विद्यार्थीहरुलाई खदा र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

विएचएम ४ वर्षे अर्थात ८ सेमेष्टरको कोर्ष हो जहाँ ३ वर्षसम्म हप्तामा २ दिन अनिवार्य प्राक्टिकल र वाँकी दिन सैद्धान्तिक विषय पढाई हुने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिनुभयो ।

चौथो वर्षमा पढदै कमाउदै गर्न सक्ने गरी विदेशका पाँचतारे होटलहरुमा इन्टर्नका लागि पढाइने गरेको र सो समयमा विद्यार्थीहरुले पढाईमा लागेको खर्च भन्दा दोव्वर कमाउने गरेको तुम्वापोको भनाई रहेको छ ।

कलेजमा विएचएम पढने विद्यार्थीहरु अष्ट्रेलिया,अमेरीका,क्यानडा,सिंगापुर,दुवई लगायतका देशहरुमा रोजगार हुनुका साथै कतिपय युरोपिएन देशहरुमा आफैले होटल व्यवसाय संचालन गरेर वसेको तुम्वापोले वताउनु भयो । होटल मेनेजमेन्ट नेपालमा मात्र नभएर विश्व वजारमा नै प्रतिष्पर्धा गर्न सक्ने र स्वरोजगारमुखि विषय मानिन्छ ।