धरान  / कोशी प्रदेश मै सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको धरानस्थित पब्लिक स्कुलको ७८औँ स्थापना दिवस तनि दिवसीय कार्यक्रम गरेर मनाएको छ । २००३ साथमा स्थापना भएको सामुदायि विद्यालयको ७८ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । 

उक्त अवसरमा स्कुलको वार्षिक मुखपत्र ुपीयूषु छैटौँ अङ्क विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विमोचन गर्नु भएको थियो । 

सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट अङ्क प्राप्त गर्ने ३ जना विद्यार्थीलाई देवकुमारी शिवप्रसाद आचार्य स्मृति पुरस्कार प्रदान समेत गरिएको छ ।

कक्षा १२ मा उत्कृष्ट अङ्क ३.७७ जिपिए ल्याई पब्लिक स्कुलमा पहिलो स्थान हासिल गर्ने समीक्षा पोख्रेललाई नगद ७२ हजार गरिएको थियो । ३.६६ जिपिए ल्याएर दोस्रो स्थान प्राप्त कञ्चन खतिवडालाई ६० हजार नगद प्रदान गरिएको थियो । यस्तै ३।६ जिपिए ल्याएर तेस्रो स्थानमा रहेकी नेहा श्रेष्ठलाई नगद १३ हजार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले जानकारी दिनुभयो । 

सोही अवसरमा कवि विष्णु बियोगीको कविता सङ्ग्रह ‘किरिच’को विमोचन भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक ईन्द्र मोहन झाले विद्यालयको उन्नती प्रगतिबारे जानकारी गराउनु भएको थियो । अभिभावक विद्यार्थी संघका अध्यक्ष राजेन्द्र किरातीले वार्षिक मुखपत्र ुपीयूषु बारे अवगत गराउनु भएको थियो । कार्यक्रममा प्रदेश सांसद यशोदा कायस्थ, धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा, कोशी प्रदेश योजना आयोग सदस्य भवानी बराल, पूर्व विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो ।