धरान / धरानका मेयर हर्करामज राई(साम्पाङ)ले  एकल निर्णयमा आफु खुशी खानेपानीको महसुल तथा धारा जडानमा अत्याधिक मूल्य वृद्धि गरेको भन्दैं सुनसरी उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराएको छ । 

सोमबार संघका अध्यक्ष सवजय श्रेष्ठले विज्ञप्त् िजारी गरि सुनसरी उद्योग वाणिज्य संघ बोर्डको पदेन सदस्यको रुपमा स्थापना कालदेखी नै

निरन्तर रहेको भएता पनि विगत २ वर्ष देखी धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक  नबोलाईएको र खानेपानीको सन्दर्भमा कुनै छलफल नै नभएको समेत स्पष्ट पार्नु भएको छ । 

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा १० को उपदफा २ (घ) अनुसार उद्योग बाणिज्य संघको अध्यक्ष पदने सदस्य हुने व्यवस्था छ । तर मेयर राईले हालसम्म कुनै बोर्डको बैठक नबोलाई एकलौटी निर्णय गदैं आउनु भएको बताइएको छ । पछिल्लो समय मेयर राईले १० गुणासम्म खानेपानीको महसुल, धारा वितरण, जडानलगायत शिर्षकमा मूल्यवृद्धि गरेको पाइएको छ । 

धरान खानेपानी व्यवस्थापन बोर्डले मिति २०८१ श्रावण २ गते च.नं. १०८ को पत्र मार्फत सूचना प्रकाशित गरी २०८१ श्रावण १ गते देखि लागू हुने गरी विभिन्न शिर्षकमा खानेपानी महशुल शुल्क उपभोक्ताहरुले थेग्नै नसक्ने गरी वृद्धि गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बोर्डको ऐन अनुसार संघ पदेन सदस्य हुने व्यवस्था भए पनि खानेपानीको  मूल्य वृद्धिमा आफुहरु कुनै संलग्नता नभएको अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

'महशुल शुल्क वृद्धि विषयमा यस सुनसरी उद्योग वाणिज्य संघको कुनै संलग्नता नरहेको र हाम्रो पनि महशुल शुल्क वृद्धिमा असहमति रहेको सम्पूर्ण धरानवासीहरुमा यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौं ।'- विज्ञप्तिमा भनिएको छ-'धरान खानेपानी व्यवस्थापन बोर्डको सञ्चालन प्रक्रिया ऐन नियम बमोजिम नभएको र हाल वोर्डको कार्यकारी समितिको बैठक लगायत सञ्चालन प्रक्रियाको विषयमा सम्मानित उच्च अदालत विराटनगरमा समेत मुद्दा विचाराधिन भएको यस अवस्थामा अवैधनिक र एकल निर्णयबाट महशुल वृद्धि गरि विद्यमान आर्थिक मन्दीको समयमा उपभोक्ताहरुलाई थप आर्थिक भार थुपार्ने काम कदापी पनी सहय र मान्य नहुने हुदां अविलम्व वृद्धि गरिएको महशुल दर फर्ता लिई साविक बमोजिमकै कायम राख्न हुन समेत बोर्ड पदेन सदस्यको हैसियतले सुनसरी उद्योग वाणिज्य संघ धरान खानेपानी व्यवस्थापन बोर्ड समक्ष जोडदार माग गर्दछौं ।'

धरान क्षेत्रका संघ संगठनहरु लगायत उपभोक्ताहरुले महशुल वृद्धि विरुद्धमा गर्ने विरोध तथा आन्दोलनमा यस संघको समेत एक्यवद्धता, समर्थन र सहयोग रहने संघले जनाएको छ ।