धरान /  सामाजिक सञ्जालमा जताभावी बोल्दैं हिडेकाे आराेपमा उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)को विश्वास पात्र समिर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार धरानको भानुचोकबाट कोणसभामा बोल्दैं गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । 

केही दिन अघि मेयर हर्कराज र स्गथानीय महिला सञ्चारकर्मी सञ्जिता धमलाविच विवाद हुदा मेयर समर्थक महिलाहरुले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातभित्र धमलालाई दुव्र्यहार गरेका थिए । प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । मेयर राईको उक्साहटमा आन्दोलन नै भएको थियो । सो पक्राउका विषयमा तामाङले सार्वजनिक रुपमा धरान नाकावन्दी गर्ने धम्की दिनु भएको थियो । उहाँलाई प्रहरीले खोजी गरिरहेका बेला आज भानुचोकमा कोण सभा गरि गिराफ्तारी दिएको बताइएको छ । अपराधिक उपद्रो कसुरमा पक्राउ गरेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले जानकारी दिनु भयो । 

सामाजिक सञ्जालमा धरानको सामाजिक सत्भाव खलवलाउने किसिमका गतिविधी भए पछि प्रहरीले निगरानी बढाएको छ । अन्य केही व्प्यक्तिहरु पनि चाढै पक्राउ गर्ने प्रहरीले जनाएको छ । समाज भड्काउने, मान्छे उचाल्ने र दुव्र्यैवहार गर्नेहरुलाई प्रशासनले नछाड्ने डिएसपी राईले बताउनु भयो । 

पक्राउ पछि मेयर राईले शानदार गिराफतारका लागि तामाङलाई धन्यवाद दिदैं स्टाटस् लेख्नु भएको छ । 'मर्दको छोरा हो । डराउँदैन । चोर फटाहा गधाहरुको सामुन्ने झुक्दैन १ शानदार गिरफ्तारीको लागि धन्यवाद, यो देशको एउटा नेता हो समीर तामाङ ।'- मेयरले लेख्नुभएको छ । 

उहाँले ३ बजे गिरफतारी दिने भनेर लेख्नुभएको छ । उहाँले लेख्नु भएको छ-' एउटा जिउँदो मान्छेले डरपोक राज्य समक्ष आज दिनको ३ बजे गिरफ्तारी दिने कुरा छ १ सबै धरानेहरुले मज्जाले रमिता हेरिपठाउनु है । मरेका स्यालहरु ।' उहाँले पक्राउ पर्ने जीउदो मान्छे र बाँकी रहेका चाही जीउदो स्याल भएको आसयमा अभिव्यक्ति दिनुभएको छ ।