फत्तेपुर / आज रातीदेखि आएको अविरल बर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सुकुम्वासी बस्ती ढुवानमा परेको छ । त्यहाँका २२ घर परिवार विस्थापित भएको स्थानीय जाहिर हुसेनले जानकारी दिनु भएको छ । 

बजारदेखि पश्चिममा रहेको खोला गाउँ पसे पछि बस्ती ढुवानमा परेको हो । नेपाल प्रहरी, स्थानीयवासी यति बेला उद्धारमा जुटेका छन् । स्थानीयको अन्नपात, चौपाय, लताकपडा ढुवानमा परेका छन् । 

सोमबारदेखि परेको अविरल बर्षाका कारण त्रियुगा नदिबाट ओभरफुलुका कारण वडा न २ को सुकुम्बासी बस्ति डुबान हुदा सय घर परिवार डुबानमा परि प्रभावित भएका छन् । सयौं बिघा खेतीयोग्य जमिन जलमग्न भएको वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिनु भएको छ । यति बेला स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरीले उद्धारमा जुटिरहेको छ ।