धरान / धरान–१२ स्थित रहेको धरान मेघा हिमालयन कलेजमा होटल व्यवस्थापन सम्बन्धि(हस्पिटालिटी म्यानेजमेन्ट) सम्बन्धी एक महिने तालिम आइतबारदेखि सुरु गरिएको छ ।

‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी विज्ञ मार्क थोमस केरनले तालिमको सहजीकरण गरिरहेको कलेजका होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिनु भयो । कलेजमा होटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरूलाई समेत तालिम प्रदान गरिएको छ । 

स्वीस कन्ट्याक्ट प्रोग्रामअन्तर्गत कलेजका शिक्षक र विद्यार्थीहरूलाई हरेक वर्ष होटल म्यानेजमेन्ट र होस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी तालिम प्रदान गरिने विभागीय प्रमुख श्रेष्ठले जानकारी गराउनु भएको छ ।

हस्पिटालिटी इन्डस्ट्रीमा २५ वर्षको अनुभव हासिल गरिसकेका केरेनले विश्वका ४९ देशहरूमा तालिम दिनुभएको बताइएको छ । 

पछिल्ला केही वर्षयता कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज हुन थालेको छ । होटल म्यानेजमेन्टका लागि बनाइएको अत्याधुनिक सुविधा सम्पन्न ल्याबका कारण पनि यहाँ विद्यार्थी–अभिभावकहरूको आकर्षण बढेको हो । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूको सङ्ख्या यहाँ हरेक वर्ष बढ्दै गएको छ ।  

होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई बारिस्टा, बारटेन्डिङ, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्व कलाजस्ता विषयमा अतिरिक्त कक्षा र प्रशिक्षण प्रदान गर्ने गरिएको होटल म्यानेजमेन्ट सङ्कायका प्रमुख पोषणबाबु श्रेष्ठले जानकारी दिनु भयो । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका अतिथि प्रशिक्षकहरूलाई बोलाएर पनि बेला–बेलामा विभिन्न विषयमा तालिम दिने गरिएको उहाँले बताउँनु भयो ।  विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तारे होटल, उद्योग र बैंङ्कहरूमा पनि भ्रमणमा लैजाने गरिएको छ । विज्ञान र कम्प्युटर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि पनि यहाँ सुविधासम्पन्न र एसीयुक्त आधुनिक प्रयोगशालाहरू छन् ।

मेघा कलेजमा होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्युटर म्यानेजमेन्ट, फुड एन्ड न्युट्रिसनलगायतको विषयमा अध्यापन हुदैं आएको छ ।