धरान । सप्तकोशी नदीको जलसतह बढेको छ । आज बिहानको मापन अनुसार कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी रहेको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन सम्बन्धित जिल्ला प्रशासन कार्यलयले अनुरोध गरेको छ ।