इटहरी  /  भारतको सिलिगुरीमा भएको प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीको छात्रले स्वर्ण पदक ल्याउन सफल भएकी छन् । 

यही जेन २९ र ३० मा सिलिगुरीमा सम्पन्न प्रतियोगितामा जनता माविकी कक्षा ९ की छात्र सिम्रण राईले स्वर्ण पदक ल्याउन सफल हुनु भएको हो । ४१ केजी समुहबाट राई विजयी हुनु भएको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो ।  ३७ केजी समुहबाट पनि राईले दाेश्राे पुरस्कार ल्याउन सफल हुनु भएकाे छ । गाेर्खा हिल तेक्वान्दाे एसाेशिएसन,  सिलिगुरी तेक्वान्दाे एकेडेमी र बेङगाल तेक्यान्दाे एसाेशिएसनकाे सङ्युक्त आयाेजनामा प्रतियाेगिता भएकाे थियाे ।

यस्तै जुन २९ मा पोखरामा सम्पन्न छौटौं राष्ट्रिय केन्पो तेक्यान्दो प्रतियोगितामा जनता माविका कक्षा ९ का छात्रा आशिस लकान्द्रीले कास्य पदक जित्न सफल भएको विद्यालयले जनाएको छ । उहाँले ५५ केजी समुहबाट खेलेर पदक हात पार्नु भएको हो । 

विहिबार विद्यालयले प्रतियोगितामा सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । खेलकुद क्षेत्रमा हौसला होस भनेर सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनु भयो ।