धरान /  धरान १४ स्थित आइडियल इङलिस बोर्डिङ स्कूलले २०८० सालको एसइई व्याचलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । 

म‌गलबार विद्यालय परिसरमा अभिभावकको उपस्थितिमा उनीहरुलाई सम्मान गदैं उच्च शिक्षा अध्ययनको सफलताको शुभकाना व्यक्त गरेको छ । 

१४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सम्मन कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । 

विद्यार्थीहरु तथा अभिभावकहरुलाई स्कुलका निर्देशक सागर खड्का र प्रमुख अतिथि भट्टराईले अविर  खादा लगाएर सम्मान गर्नु भएको थियो । 


सम्मान कार्यक्रममा विद्यालयका भ्याइस प्रिन्सिपल मनोज गुरुङ, स्कुल कोअर्डिनेटर कमल रानालगायत शिक्षक शिक्षिकाहरको उपस्थिति रहेको थियो । 

४० जनाले दिएको परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ । शिक्षक कमल रानाका अनुसार 'ए' प्लस (A+)ल्याएर ५ जना २४ जना 'ए'(A) र १२ जना 'बी' प्लस(B+) ल्याएर उत्तीर्ण  भएका छन् ।  

गत बर्ष ३ जना 'ए' प्लस सहित सत प्रतिशत पास भएका थिए । यो बर्ष सोचे भन्दा राम्रो परिणाम आएको निर्देशक खड्काले जानकारी दिनु भयो ।