• सन्तोष कोइराला

क्याम्पस प्रमुख, एम्स् एकेडेमी, धरान 

धरानको पुरानो कलेज एम्स् एकेडेमी विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्थाको रुपमा दरिएको छ । गुणस्तरिय शिक्षा, उत्तम शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राखेर धरानका शैक्षिक अभियान्ताहरुले संचालन गरेका कारण विद्यार्थीहरुको रोजाई हुने गरेको हो । 

विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हामीले ठान्दैं आएकाछौं । त्यही कुरालाई मध्यनजर गरेर हामी विद्यार्थीहरुलाई शिक्षा दिदैं आएका छौं । २०५७ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको एम्स् एकेडेमीले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप पनि प्राथमिकतामा राखेको छ । बास्केटवल, फुटवललगायतका खेलकुद क्षेत्रमा यहाँका विद्यार्थीहरु अव्बल सावित हुदैं आएका छन् । कविता, हाजिरीजवाफ, वक्तृत्वकला, उद्घोषणजस्ता विषयहरुमा विभिन्न पुरस्कारहरु विद्यार्थीहरुले हात पार्दा हामी गौराम्भित हुन्छौं । 

अझ व्यवस्थित बनाउने अभियानमा छौं । शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हाम्रो विशेष चासो छ । नयाँ भवन बनाएका छौं । 

शैक्षिक वातावरण

यहाँको शैक्षिक वातावरण राम्रो छ । भौतिक पूर्वाधारयुक्त छ । प्रयोगशाला व्यवस्थित छ । अझ यसलाई व्यवस्थित बनाउने तिर लागेका छौं । अतिरिक्त क्रियाकलापलाई पठनपाठनलाई पनि जोड्छौं । भौतिक पूर्वाधारमा पनि ध्यान दिएका छौं । एम्स् एकेडेमीले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भन्ने कुरा हामीले काम गरेर देखाएका छौंं ।

होटल म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि सुविधा सम्पन्न र एसीयुक्त आधुनिक प्रयोगशालाहरू छन् । होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई बारिस्टा, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्व कलाजस्ता विषयमा अतिरिक्त कक्षा र प्रशिक्षण पनि दिदैं आएका छौं । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका अतिथि प्रशिक्षकहरूलाई बोलाएर पनि बेला–बेलामा विभिन्न विषयमा तालिम दिने गरिएको छ । पर्याप्त हावा र प्रकाश छिर्ने फराकिला कक्षा कोठाहरू छन् । 

पढाई हुने विषयहरु  

नेपल सरकारले प्लस टुमा सबै विषयलाई समेटन सकिने बनाएको छ । हामीले अहिलेको समय सापेक्षका विषयहरु अध्यापन गराउँदैं आएका छौं । यहाँ विज्ञान विषय छ । विज्ञान विषय पढे पछि व्याचेलर लेभलमा जुन क्षेत्रमा पनि जान सकिने भएकाले विज्ञान विषयको आकर्षण बढेको छ । त्यस्तै यहाँ होटल मेनेजमेन्ट पनि छ । यो विषय विदेश अध्ययनका लागि जान चाहनेहरुले विशेष रुचि देखाउदैं आएका छन् । यो विषयको विश्वमा स्कोप बढेर गएको छ । अरु पत्रकारिता क्षेत्रमा जान चाहनेका लागि यहाँ मास कम्युनिकेसन विषय छ । त्यस्तै व्यवस्थापन, शिक्षा, कम्प्युटर साइन्स, मानविकलगायतका विषयहरु छन् । यि सबै विषयहरु अनुभवि प्राचार्यहरुबाट पठनपाठन गरिदैं आएको छ । 

एम्स् नै रोज्नुपर्ने कारण

विद्यार्थीहरुले एम्स् रोज्ने धेरै कारणहरु छन् । यहाँ न्युन फी छ । कलेजमा आचरणबारे तथा परापमर्श सेवा प्रदान गछौं । कक्षा १२ पछिको पढाईका लागि तयारी कक्षाहरु पनि चलाउदैं आएका छौं । खेलकुदमा सुनसरी जिल्ला कै उत्कृष्ट मानिन्छ । शुन्य प्ल टु भएको कारण कक्षाहरुलाई बढि फोकस गछौं । विज्ञानका पूर्णकालिन शिक्षकहरु रहनु भएको छ । यहाँ हरेक साल सतप्रतिशत रिजेल्ट आउने कलेज पनि हो । यहाँ अडियो, भिडियोको पनि व्यवस्थापन गरिएको छ । हामी विपन्न नागरिकलाई विशेष छात्रवृद्धि दिदैं आएका छौं । शिक्षाबाट कोही पनि नछुटुन भनेर विपन्न, खेलाडीलगायतहरुलाई छात्रवृद्धि दिदैं आएका छौं । सुविधा सम्पन्न पुस्ताकालय, विज्ञान प्रयोशाला  छ । स्काउट छ । हामी सामाजिक काममा पनि लाग्नुपर्छ भन्ने कुरा सिकाइन्छ । विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि दिनु पर्छ भन्ने कुरालाई यस कलेजले व्यवस्थापन गरेको छ । त्यस कारण पनि सबैको रोजाईमा एम्स् एकेडेमी पर्ने गरेको छ । 

विद्यार्थीहरुलाई सुझाव

एईई दिएर कक्षा ११ मा पढ्न योग्य हुनु भएका सबै भाई वहिनीहरुलाई शुभकामना दिन चाहान्छु । आफु शिक्षा हासिल गर्ने भएकाले कलेज रोज्दाखेरी ध्यान पुर्याउनु पर्दछ । आफुलाई कुन विषय पढ्दा राम्रो हुन्छ । राम्रो भविष्य हुन्छ त्यही अनुसार विषय छान्न सुझाव दिन चाहन्छु ।   यो साथी भाईको लैलैमा लागेर निर्णय गर्ने कुरा होइन । सोचेर विषय छनौट गर्नु पर्छ । 

(उहाँ एम्स् एकेडेमीको प्रमुख हुनुहुन्छ)