धरान /  सहिद स्मृति माध्यामिक विद्यालय धरानले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले वुधवार एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा नर्सरी  देखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ जना जना छात्रा तथा छात्रहरुलाई करिव १ लाख वरावरको छात्रवृत्ति वितरण गरीएको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रअ विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत, दितिय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको हो । विद्यार्थीहरुलाई पढाईमा आर्कषण गर्न र प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको प्रअ विष्टको भनाई रहेको छ । भौतिक पूर्वाधारले सुविधा सम्पन्न सहिद स्कूलमा कक्षा ११ मा वाणिज्य संकाय र शिक्षा संकायमा पढाई हुने गरेको छ । सहिद स्कुलमा गत वर्षदेखि प्राविधिक धार कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरीङसमेत पढाई हुने गरेको छ ।