धरान  / र्याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको  कोशी प्रदेस स्तरीय एसईई स्पिकर २०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार वितरण गरिएको छ।  

     धरान ८ स्थित सहिद स्मृति मावि को सभाहलमा बिजेता ममता तामाङलाई धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले २० हजार रुपैया नगद प्रदान गर्नु भयो । यसैगरी फस्ट रनर अप दीया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उप मेयर बेघाले  क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गर्नु भएको छ।

      सब टाईटलको उपाधी हासिल गर्ने ११ जना बिद्यार्थीहरुलाई समेत जनही १र१ हजार रुपैया प्रदान गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो ।  यति सानो उमेरमा देशका समसामयिक बिषयमा बोलेर बिजेता बन्न सफल भएको भन्दै उपप्रमुख बेघाले  बिद्यार्थीहरुलाई बधाई दिनु भयो । भबिष्यमा  प्रधानमन्त्री, पालिका प्रमुखलगायत विभिन्न पदमा पुगी देशको सेवा गर्न उपमेयर बेघाले बिद्यार्थीहरुलाई उत्प्रेरणा दिनु भयो । पुरस्कार बितरण कार्यक्रममा सहिद स्मृति मा।बि।का प्रधानाध्यापक राम बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रालिका सिईओ सुरेन्द्र घिमिरे र शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बुको उपस्थिति थियो।